कोरोनाका कारण अमेरिकाका एक लाख ४० हजार बच्चा अभिभावक विहिन

कोरोनाका कारण अमेरिकाका एक लाख ४० हजार बच्चा अभिभावक विहिन

अर्थ डबली
मंगलवार, कार्तिक ३० २०७८
अर्थ डबली
मंगलवार, कार्तिक ३० २०७८ (अर्काइभ बाट)
  • कोरोनाका कारण अमेरिकाका एक लाख ४० हजार बच्चा अभिभावक विहिन

    सिन्ह्वा /  कोरोनाभाइरसको महामारीका कारण अमेरिकामा एक लाख ४० हजारभन्दा बढी बालबालिका अभिभावक विहिन भएका छन् ।

    images
    images

     ‘विजनेश इन्साइडर’ले तयार पारेको प्रतिवेदनमा महामारीका कारण बालबालिको जीवनमा दिर्घकालिन असर परेको उल्लेख छ । 

     सो प्रतिवेदन अनुसार देशका हरेक ५०० मध्ये एक जना अभिभावक विहिन हुनु परेको देखिएको छ । अभिभावक विहिन भएपछि बालबालिकाहरुले मनोवैज्ञानिक तथा आर्थिक समस्या भोग्नु परेको अधिकारीहरुले जनाएका छन् । 

    अभिभावक गुमाएका बालबालिकाहरु मध्ये धेरै बालबालिकाहरु अल्पसङ्ख्यक तथा सानो समुदायका धेरै रहेको पाइएको छ । कोरोनाभाइरसको महामारीबाट अत्यधिक धेरै प्रभावित देशको अग्रसूचीमा अमेरिका पर्दछ । 
      
     कोरोनाका कारण मृत्यु भएका, सङ्क्रमित भएका र अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अमेरिकामै सवैभन्दा धेरै रहेको छ ।
      
    कोरोनाभाइरसका कारण अमेरिकामा अहिलेसम्म सात लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

    साताको लोकप्रीय