बर्षौदेखि दियो बालेर बिजुलीको आशमा पुथाउत्तरगङ्गाका स्थानीय

बर्षौदेखि दियो बालेर बिजुलीको आशमा पुथाउत्तरगङ्गाका स्थानीय

अर्थ डबली
शुक्रवार, पुस १७ २०७७
अर्थ डबली
शुक्रवार, पुस १७ २०७७ (अर्काइभ बाट)
  • बर्षौदेखि दियो बालेर बिजुलीको आशमा पुथाउत्तरगङ्गाका स्थानीय

    रुकुम / पुथाउत्तरगङ्गा गाउँपालिका–५ मा रहेको तमागर लघु जलविद्युत् आयोजनाका काम अहिलेसम्म पूरा हुन सकेको छैन ।

    images
    images

    यसबाट आसपास क्षेत्रका ९०० घरधुरी प्रभावित भएका छन् । वि.सं २०६५÷६६ मा निर्माण थालिएको उक्त विद्युत् आयोजनाले अहिलेसम्म विद्युत् उत्पादन गर्न सकेको छैन ।  

    विद्युत् आयोजना निर्माण भएपछि बिजुली बाल्ने भनेर आशमा बसेका सबै अहिले दियोको भरमा बसिरहेका छन् ।

    बिजुली बल्न नसक्दा गाउँपालिकाको वडा नम्बर ५ सँगै  वडा नं १ र ६  का ती घरधुरी प्रभावित बन्न पुगेको वडा नं ५ का वडाध्यक्ष कालीप्रसाद रोकाले जानकारी दिए।

    उक्त विद्युत् आयोजना निर्माणको लागि एचए हाइड्रो पावरले रु दुई करोड २९ लाखमा जिम्मा लिएको थियो ।  कम्पनीले टर्वाइन, जेनेरेटर, यलसी बोर्ड, ट्रान्सफर्मरका साथै थोरै तार मात्र उपलब्ध गराएको थियो । 

    पछिल्लो समय कम्पनीले काम अलपत्र छोडेर सम्पर्कविहीन बनेको छ । सामग्रीमा पनि खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन् । 

    गाउँमा स्थानीय सरकार गठन भएपछि भने स्थानीय सरकारले नै आयोजनाको पुनःनिर्माणको काम शुरुआत गरेको थियो ।  

    गाउँपालिका र वडाको बजेटबाट आयोजनाको मर्मत कार्यका साथै खिया लागेका सबै सामग्री फेरबदल गरिएको वडाध्यक्ष रोकाले जानकारी दिए । 

    गाउँपालिकाको दुई आर्थिक वर्षको रु ६६ लाख र वडाको रु १० लाख गरी कूल रु. ७६ लाखमा अलपत्र विद्युत् आयोजना निर्माणको काम सम्पन्न भएको वडाले जनाएको छ । 

    लामो समयदेखि अलपत्र रहेको विद्युत् आयोजना पुनःनिर्माणको काम सकिएर गत साउन महिनामा परीक्षण पनि सम्पन्न भइसकेको थियो । 

    सफलतापूर्वक परीक्षण सम्पन्न भएको विद्युत् आयोजनाको बिजुली गाउँमा विस्तारको तयारी गर्दै गर्दा बर्खे भेलले विद्युत् आयोजनाको मुहानै बगाएपछि फेरी आयोजना प्रभावित बनेको थियो ।

    भेलाले मुहान बगाउनुका साथै नहर, ड्याम र हेमपाइप बगाएको थियो । अहिले वडाले फेरि पाइप मगाएको छ भने मर्मतको कार्य फेरि शुरु गर्ने जनाएको छ । 

    विद्युत् आयोजनाको मर्मत कार्यपछि छिट्टै त्यहाँका नागरिकले बिजुली बाल्न पाउने वडाध्यक्ष रोकाले जानकारी दिए।

    साताको लोकप्रीय