Logo
बुधवार, मंसिर २२ गते २०७८
images
मंसिर २२ गते २०७८
images

लगानी कोषद्वारा रु एक करोड ६८ लाख कोभिड मुत्यु भुक्तानी


२०७८ मंसिर, ८ बुधवार
  • 195
    SHARES

  • images
    लगानी कोषद्वारा रु एक करोड ६८ लाख कोभिड मुत्यु भुक्तानी

    काठमाडौँ / नागरिक लगानी कोषले कोभिड–१९ को प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई रु एक करोड ६८ लाख भुक्तानी गरेको छ । 

    कोभिड–१९ को सुरुआतदेखि नै कोभिडबाट मृत्यु हुनेका आश्रित परिवारलाई  राहत पु¥याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही रु दुई लाख उपलब्ध गराउने कोषले निर्णय गरेको थियो ।

    सोही क्रममा कोषले गत साउन ५ गतेसम्म कोभिडबाट मृत्यु हुनेलाई सो रकम उपलब्ध गराएको जनाएको छ ।

    कोषले हालसम्म कोभिडबाट मुत्यु भएकाका ८४ सहभागीका हकवालालाई कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो ।

     कोषका वरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोभिडबाट मृत्यु भएका कोषका सहभागी बुटवल निवासी कन्हैया थारुकी श्रीमती पार्वती थारुलाई आज रु दुई लाखको चेक हस्तारण गरेका थिए । 

    यो पनि पढ्नुहोस

    images
    images
    images
    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images
    images