शेयर बजारमा सामान्य सुधार, आज कसले कति कमाए ? कति गुमाए ? 

शेयर बजारमा सामान्य सुधार, आज कसले कति कमाए ? कति गुमाए ? 

अर्थ डबली
बुधवार, मंसिर ८ २०७८
अर्थ डबली
बुधवार, मंसिर ८ २०७८ (अर्काइभ बाट)
  • शेयर बजारमा सामान्य सुधार, आज कसले कति कमाए ? कति गुमाए ? 

    काठमाडौँ / बुधबार शेयर बजारमा नेप्से परिसूचक झिनो अङ्कको सुधार देखिएको छ । मंगलबार उच्च अङ्कको गिरावट आएको बजारमा बुधबार भने १.८९ अङ्कको बृद्धि देखिएको हो ।

    images
    images

    नेप्से परिसूचकमा हरियो पोतिए पनि यो दिन सेन्सेटिभ परिसूचक भने ०.२९ अङ्कले घटेर ५१५.१९ बिन्दुमा झरेको छ । 

    नेप्सेसँगै आज कारोबार रकममा पनि सामान्य बृद्धि देखिएको छ । बुधबार धितोपत्र बजारमा ४ अर्ब २१ करोड ७४ लाख १५  हजार रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार भने ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५७७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    यो दिन २२७ ओटा कम्पनीको शेयर ५४ हजार ७०३ पटकमा ७४ करोड ४५ लाख २२७ कित्ता शेयर खरिदबिक्री भएका हुन् । 

    बुधबार जीवन बीमा र बैंकिङ उपसमूहको परिसूचक ०.३९ प्रतिशतले घटेको छ भने व्यापारिक समूहको परिसूचक सबैभन्दा बढी १.२८ प्रतिशतले घटेको छ । बाँकी सबै समूहको परिसूचक बृद्धि भएको नेप्सेले जनाएको छ । 

    यसदिन सर्वाधिक बढी वित्त समूहको परिसूचक १.३१ प्रतिशतले बढेको छ भने हाइड्रो पावरको ०.७५ प्रतिशत, विकास बैंकको ०.७७ प्रतिशत र लगानी समुहको ०.६४ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचकमा झिनो सुधार देखिएको छ । 

    बुधबार मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्य ९.४७ प्रतिशतले बढेर अन्तिम मूल्य ५६५ रुपैयाँ कायम भएको छ । 

    त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्य ६.६५ प्रतिशतले बढेर अन्तिम मूल्य ४६५ कायम भएको छ भने पञ्चकन्या माई हाइड्रोपवारको शेयर मूल्य पनि ६ प्रतिशतले बृद्धि भएको छ । यता गोर्खाज फाइनान्सका लगानीकर्ताहरुले सवैभन्दा बढी २.५५ प्रतिशतले गुमाएका छन् ।

    सो कम्पनीको शेयर मूल्य प्रतिकित्ता २२ रुपैयाँले घटेर अन्तिम मूल्य ८४२ रुपैयाँ कायम भएको हो । त्यस्तै, उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य पनि अघिल्लो दिनको तुलनामा २.२३ प्रतिशतले घटेको छ भने तेह्रथुम पावर कम्पनीका लगानीकर्ताहरूले पनि २.२१ प्रतिशतले गुमाएका छन् । 


    बुधबारको कारोबार रकममा नेपाल दूरसञ्चार कम्पनीको हिस्सा सर्वाधिक बढी रहेको छ । उक्त कम्पनीको आजको शेयर कारोबार रकम २६ करोड १५ लाख ५६ हजार रुपैयाँ रहेको छ भने आइसिएपफसी फाइनान्सको १८ करोड ६७ लाख ५४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

    साताको लोकप्रीय