सहुलियत कहाँकहाँ दिन सकिन्छ त्यो सरकारले तयारी गरिरहेको छ : अर्थमन्त्री शर्मा 

सहुलियत कहाँकहाँ दिन सकिन्छ त्यो सरकारले तयारी गरिरहेको छ : अर्थमन्त्री शर्मा 

अर्थ डबली
बुधवार, मंसिर ८ २०७८
अर्थ डबली
बुधवार, मंसिर ८ २०७८ (अर्काइभ बाट)
  • सहुलियत कहाँकहाँ दिन सकिन्छ त्यो सरकारले तयारी गरिरहेको छ : अर्थमन्त्री शर्मा 

    काठमाडौँ / अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रलाई सहुलियत दिने विषयमा सरकारले तयारी गरिरहेको बताएका छन् ।

    images
    images

    बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले निजी क्षेत्रको विकासका लागि सरकार सकारात्मक भएको बताएका हुन् ।

    उनले भने “मुलुकको अर्थतन्त्रको पुनरुत्थान तथा विकासका लागि सार्वजनिक निजी क्षेत्रको साझेदारी तथा निजी क्षेत्रको सहभागिता महत्वपूर्ण रहँदै आएको छ । यसको वातावरण बन्नेमा म विश्वस्त छु ।” 

    आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको बताउँदै उनी भन्छन् “निजी क्षेत्रको विकासका लागि पनि सरकारले सोचिरहेको छ । निजी क्षेत्रलाई सहुलियत दिने सन्दर्भमा, सहजीकरण गर्ने सन्दर्भमा सरकार सधै तयार छ । सहुलियत कहाँकहाँ दिन सकिन्छ त्यो सरकारले तयारी गरिरहेको छ । मैले त्यो गम्भिरतापूर्वक लिएको छु ।”

    सार्वजनिक निजी साझेदारीमा निजी क्षेत्रले पूर्वाधार निर्माणमा समेत हात हाल्नुपर्ने र यसमा सरकारले सघाउने उनको जिकिर छ ।

    मन्त्री शर्माले कोभिड १९पछि खस्किएको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन तथा विकास निर्माण तथा आर्थिक समृद्धिलाई गति दिन सरकार निजी क्षेत्रसँग सँगसँगै हिड्न तयार रहेको बताए । 
    मुलुकको अर्थतन्त्र मजबुत बनाउन कै लागि पनि सरकारले निजी क्षेत्रको साथ चाहेको मन्त्री शर्माले बताए । 

    सो अवसरमा मन्त्री शर्माले मुलुको अर्थतन्त्रको आकार निकै सानो भएकाले सबै क्षेत्रलाई एकैपटक उठाउन नसकिने र त्यो सम्भव पनि नभएकाले क्रमशः विकास गर्दै जानुपर्ने बताए । 

    “हाम्रो पुँजी निकै सानो आकारको छ । यसले सामाजिक आर्थिक, पूर्वाधारका क्षेत्र, स्वास्थ्य शिक्षाको क्षेत्रको विकासका लागि अर्थतन्त्र विकासमा जोड दिनुपर्नेछ,” शर्माले थपे, “यसका लागि सरकारी–निजी साझेदारीको अहम भूमिका रहन्छ ।”

    विकासका लागि साधन स्रोतको कुनै कमी नभएको मन्त्री तर व्यवस्थापकीय कलाको मात्र कमी भएको शर्माले बताए ।

    हामीलाई छिटो प्रगति गर्नुछ, विकास पथमा अघि बढ्नु छ, यसका लागि साधन स्रोतको कमी नरहेको चर्चा गर्दै उनले भने, “तर पनि हामी चुकिरहेका छौं । किनकी हामीसँग व्यवस्थापकीय कलाको अभाव छ । यो समस्या चिर्न सक्यौं र सरकारी निजी साझेदारीलाई अझ मजबुत बनाउन सक्यौं भने विकास सम्भव छ, समृद्धि सम्भव छ ।”

    मन्त्री शर्माले विकास निर्माणमा निजी क्षेत्रलाई पनि सहभागी गराउने उद्देश्यले सरकारले तयारी गरिरहेको बताए । 

    कार्यक्रममा आर्थिक केशव गौतलाई पत्रकार सम्मान गरिएको थियो भने नाफिजद्वारा प्रकाशित आर्थिक जर्नल ‘अर्थचित्र’समेत विमोचन गरिएको थियो । 

    साताको लोकप्रीय