काठमाडौं / नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौं महासभा १३ सदस्यीयन कार्यसमित चयन गर्दै सम्पन्न भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेको महासभाले नाफिजको नयाँ अध्यक्षमा द राइजिङ नेपालका मोदनाथ ढकाललाई निर्वाचित गरेको छ।
यस्तै रेडियो नेपालका भुवन आचार्य र आर्थिक न्युजकी मेनुका कार्की उपाध्यक्षमा चयन भएका छन् ।
महासचिवमा कर्पोरेट नेपालका नारायण पौडेल तथा सचिवमा अनलाइनखबरका रोयल आचार्य निर्वाचित भएका छन् भने बिजपाटीका महमल अजमत अली नयाँ सह–सचिव र नोटबजारका परमेश्वर अधिकारी कोषाध्यक्ष पदमा चयन भएका छन्।
महासभाले नाफिजका नयाँ कार्यसमिति सदस्यमा ५ जनालाई निर्वाचित गरेको छ ।
जसमा आर्थिक अभियानकी प्रजिता बुढाथोकी, रोजगार मिडियाका फणिन्द्र दाहाल, बाह्रखरीका रोविन पौडेल, अनलाइनखबरका नवीन ढुंगाना र नेपालखबरका दीपक भट्ट छन् ।
यस्तै नयाँ कार्यसमितिको पहिलो बैठकले गोरखापत्र दैनिकका गोपालचन्द्र सुवेदी र क्लिकमान्डुकी दिलु कार्कीलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।
संस्थाका निवर्तमान अध्यक्ष सिताराम भट्टराई स्वतः कार्यसमिति सदस्य बने ।
महासभाको समापन सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।