सामान्य अंकले घटेको बजारमा २ अर्ब ४५ करोडमाथिको कारोबार, प्राइम बैंकको कारोबार रकम सबैभन्दा बढी 

सामान्य अंकले घटेको बजारमा २ अर्ब ४५ करोडमाथिको कारोबार, प्राइम बैंकको कारोबार रकम सबैभन्दा बढी 

अर्थ डबली
सोमवार, कार्तिक १७ २०७७
अर्थ डबली
सोमवार, कार्तिक १७ २०७७ (अर्काइभ बाट)
  • सामान्य अंकले घटेको बजारमा २ अर्ब ४५ करोडमाथिको कारोबार, प्राइम बैंकको कारोबार रकम सबैभन्दा बढी 

    काठमाडौँ / सोमबार नेप्से परिसूचक ३.३३ अंकले घटेर एक हजार ६३७.६३ बिन्दुमा झर्दा बन्द भएको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.१७ प्रतिशतले घटेर ३२५.४६ बिन्दुमा झरेको छ । 

    images
    images

    कूल १९७ ओटा कम्पनीको ३४ हजार ४५३ पटकको व्यापारमा ६९ लाख ३७ हजार ४५४ कित्ता शेयर खरिदबिक्री भएका छन् । 

    आजको कूल कारोबार रकम भने २ अर्ब ४५ करोड ३९ लाख ५४ हजार रहेको नेप्सेको आँकडामा उल्लेख छ ।  
    यसदिन कारोबारमा आएका ४ ओटा समूहको परिसूचकमा रातो पोतिएको छ भने बाँकी सबै समूहको परिसूचक हरियो भएका छन् । 

    आज सबैभन्दा बढी बैंकिङ समूहको परिसूचक ०.८८ प्रतिशतले घटेको छ भने अन्य समूहको ०.३१ प्रतिशत, जीवन बीमा समूहको ०.१० प्रतिशत र विकास बैंक समूहको परिसूचक ०.०१ प्रतिशतले घटेको छ । 

    यसैगरी सोमबारको कारोबारमा सबैभन्दा बढी व्यापार समूहको परिसूचक ३.०६ प्रतिशतले माथि उक्लिएको छ भने लघुवित्त समूहको परिसूचक २.३९ प्रतिशत, होटल समूहको परिसूचक ०.५४ प्रतिशत, वित्त समूहको ०.४६ प्रतिशत, निर्जीबन बीमा समूहको ०.३४ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.१३ र म्युचुअल फण्ड समूहको परिसूचक ०.१२ प्रतिशत र हाइड्रोपावर समूहको परिसूचक ०.०४ प्रतिशतले बढेको छ । 

    सोमबारको कारोबार रकममा प्राइम कमर्शियल बैंक लिमिटेडको सबैभन्दा बढी हिस्सा रह्यो । उक्त कम्पनीको कारोबार रकम १२ करोड ४० लाख ९७ हजार रुपैयाँ रहेको छ भने नेपाल बैंक लिमिटेडको ८ करोड १६ लाख ९३हजार रुपैयाँमाथिको कारोबार भएको छ । 

    त्यसैगरी हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको कारोबार रकम ८२ हजार रुपैयाँ रहेको त भने प्रभु बैंकको ७ करोड ५९ लाख ५७ हजार रुपैयाँ, ग्लोबल आइएमई बैंकको ६ करोड ८४ लाख ३९ हजार रुपैयाँ, फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ६ करोड ७८ लाख ८ हजार रुपैयाँ, डिप्रोक्स लघुवित्तको ६ करोड ७६ लाख ११ हजार रुपैयाँ, एन आइ सी एशिया बैंकको ६ करोड ७६ लाख ५ हजार रुपैयाँ, अरुणभ्याली हाइड्रोपावरको ६ करोड एक लाख ६२ हजार रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ५ करोड ९४ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

    सोमबार ४ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । सर्वाधिक शेयर मूल्य बढ्ने कम्पनीमा आज विशाल बजार कम्पनी रहेको छ । उक्त कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशत अर्थात प्रतिकित्ता १९३ रुपैयाँले बढेर अन्तिममूल्य २ हजार १२९ रुपैयाँ कायम भएको हो । 

    त्यस्तै, सारथी नेपाल लघुवित्तको शेयर मूल्य पनि आज ९.९५ प्रतिशत अर्थात ८३ रुपैयाँले बढेर अन्तिम मूल्य ९१७ रुपैयाँ कायम भएको छ । गुरासँ लघुवित्तको शेयरधनीहरुले ९.९४ प्रतिशत र शिवश्री हाइड्रोपावर कम्पनीका शेयरधनीहरुले ९.६६ प्रतिशतले कमाएका छन् भने सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले पनि ७.४८ प्रतिशतले कमाए । 

    आजको कारोबारमा जनरल लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुले सबैभन्दा बढी ३.१४ प्रतिशतले गुमाएका छन् । त्यस्तै, सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको शेयरमूल्य २.११ प्रतिशत, बरुण हाइड्रोपावर र ग्लोबल आइएमई बैंकको शेयरमूल्य २.०२ प्रतिशतको गिरावट आएको छ । 

     

    साताको लोकप्रीय