आर्थिक पत्रकारको क्षमता अभिवृद्धिमा मन्त्रालयले सहयोग गर्ने

आर्थिक पत्रकारको क्षमता अभिवृद्धिमा मन्त्रालयले सहयोग गर्ने

अर्थ डबली
सोमवार, कार्तिक १७ २०७७
अर्थ डबली
सोमवार, कार्तिक १७ २०७७ (अर्काइभ बाट)
  • आर्थिक पत्रकारको क्षमता अभिवृद्धिमा मन्त्रालयले सहयोग गर्ने

    काठमाडौँ / अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारको क्षमता अभिवृद्धिका लागि सरकारको तर्फबाट सहयोग रहने बताएका छन् । 

    images
    images

    अर्थ मन्त्रालयमा आज आर्थिक विषयमा कलम चलाउने पत्रकारहरुसँगको भेटमा उनले आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिमा सहयोग गर्ने बताएका हुन् । 

    कोभिड १९ का कारण समस्यामा परेको अर्थतन्त्रलाई सुधार गर्न र सञ्चारकर्मीका तर्फबाट प्राप्त भएका सकारात्मक सुझाव कार्यान्वयनका लागि सम्वद्ध निकायसँग बारम्बार छलफल र अन्तरक्रिया गर्ने पनि उनको भनाइ थियो ।

    सो अवसरमा आर्थिक पत्रकार संघ (नाफिज)का तर्फबाट सञ्चार क्षेत्र र अर्थतन्त्रका विषयमा अर्थ मन्त्रालयले तत्काल गर्नुपर्ने १९ बुँदे सुझाव पत्र समेत अर्थमन्त्री पौडेललाई उपलब्ध गराइएको थियो । 

    संघले मिडियामा आएको लगानी र करलाई पारदर्शी बनाउनुपर्ने, सञ्चार मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र मिडिया उद्यमीसँग संवाद गरी पत्रकारको सामाजिक सुरक्षा कोषमा सहभागिता अनिवार्य गराउनुपर्ने, श्रमजीवि पत्रकार ऐन लागू नगर्ने मिडियालाई समानुपातिक विज्ञापन र अन्य सुविधा रोक्का गर्न सुझाव दिएको छ ।
     
    यस्तै, कोरोनाभाइरस जस्ता स्वास्थ्य एवम् अन्य प्राकृतिक समस्यासँग जुध्नका लागि पत्रकार तथा मिडियाकर्मीलाई सक्षम बनाउन विशेष कोष सिर्जना गर्नुपर्ने,  सरकारले मिडियालाई दिएका अधिकांश सुविधा मालिकसम्म मात्र पुग्ने तर श्रमजीवि पत्रकारसम्म नपुग्ने भएकाले पनि त्यस्तो कोष आवश्यक रहेको संघको भनाइ छ ।
     
    त्यस्तै, कोरोनाभाइरसबाट प्रभावित अर्थतन्त्र एवम् निजीक्षेत्रका उद्योग व्यवसायको पुनरुत्थान तथा विकासका लागि आगामी दिनमा गर्नु पर्ने कार्यको एक रोडम्याप बनाउन  र त्यसका लागि निजीक्षेत्र, सरकार तथा विज्ञहरु सम्मिलित एक अध्ययन टोली निर्माण गर्न सुझाव दिइएको छ ।
     
    संंविधानले स्वास्थ्य राज्यको दायित्व मानेको स्मरण गराउँदै संघले कोरोनाभाइरसको महामारीमा स्वास्थ्य पूर्वाधार, उपकरण, उपचारका लागि यथाशक्य चाँडो पहल गर्ने र जनताले अनुभुति हुने गरी कार्य गर्न, स्वास्थ्य बीमालाई कोरोना उपचारसँग जोड्न, यसले मध्यम तथा निम्न वर्गका जनतालाई उपचारमा सुविधा र सहुलियत पाउन सहयोग गर्ने संघको सुझाव छ । 

    साताको लोकप्रीय