डिशहोमको रिचार्जमा इन्टरनेट सित्तैमा, मोबाइलमै ७० भन्दा बढी च्यानलहरू हेर्न सकिने 

डिशहोमको रिचार्जमा इन्टरनेट सित्तैमा, मोबाइलमै ७० भन्दा बढी च्यानलहरू हेर्न सकिने 

अर्थ डबली
शुक्रवार, चैत १३ २०७७
अर्थ डबली
शुक्रवार, चैत १३ २०७७ (अर्काइभ बाट)
  • डिशहोमको रिचार्जमा इन्टरनेट सित्तैमा, मोबाइलमै ७० भन्दा बढी च्यानलहरू हेर्न सकिने 

    काठमाडौँ / अब डिशहोमको ग्राहकहरुले डिशहोमको रिचार्ज गर्दा 10mbps इन्टरनेट सित्तैमा प्रयोग गर्न पाउने भएका छन् ।

    images
    images

    डिशहोम फाइवरनेटले सेवा सुरु गरेसँगै डिशहोम फाइबरनेट उपलब्ध एरियाका डिशहोमका ग्राहकहरुले यस अफरबाट फाइदा लिन सक्नेछन् । 

    डिशहोमकोे रिचार्ज गरि मासिक, त्रैमासिक अर्धबार्षिक वा बार्षिक रिचार्जमा सोही अवधिको लागि 10mbps स्पीडको इन्टरनेट निशुल्क प्रयोग गर्न सक्नेछन् ।

    डिशहोमका ग्राहकहरुले फ्रि इन्टरनेट सेवासंगै आफ्नै मोबाइलमा डिशहोम गो एप मार्फत ७० भन्दा धेरै डिशहोमका च्यानलहरूका साथै VOD मार्फत नयाँ नयाँ मनोरञ्जनात्मक कार्यक्रमहरू हेर्न  सक्नेछन् ।  

    डिशहोम गो वेभमार्फत ग्राहकले आफ्नै डेस्कटप तथा ल्यापटपमा पनि डिशहोमका च्यानलहरूको आनन्द लिन सक्नेछन्, साथै XVOD मा हजारौं घण्टाका मनोरञ्जनात्मक कार्यक्रमहरु विना अतिरिक्त शूल्क आफ्नै समयमा हेरेर मजा लिन सक्नेछन् । 

    नेपालमै टि.भि.को रिचार्ज गर्दा इन्टरनेट लगायत डिसहोम गो, डिसहोम गो वेभ र एकभिओडी फ्रिमा उपलब्ध गराउने डिशहोम पहिलो कम्पनी बन्न सफल भएको छ ।

    डिशहोम फाइबरनेटले हाल बजारमा 10mbps/25mbps/40mbps का प्याकेजहरू उपलब्ध गराएको छ ।

    साताको लोकप्रीय