५० हजार भन्दा कम झिक्न नपाउने कसले भन्यो, त्यस्तो भए कारवाही गर्दछौं – गर्भनर अधिकारी 

५० हजार भन्दा कम झिक्न नपाउने कसले भन्यो, त्यस्तो भए कारवाही गर्दछौं – गर्भनर अधिकारी 

अर्थ डबली
आइतवार, जेठ ९ २०७८
अर्थ डबली
आइतवार, जेठ ९ २०७८ (अर्काइभ बाट)
  • ५० हजार भन्दा कम झिक्न नपाउने कसले भन्यो, त्यस्तो भए कारवाही गर्दछौं – गर्भनर अधिकारी 

    काठमाडौं / बैंकबाट ग्राहकले आफ्नो ससानो रकम झिक्न नपाउने भन्ने बिषय हुँदै नभएको नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले स्पष्ट पारेका छन् ।  यस्तो निर्देशन हुने कुरापनि भएन र गरिएको पनि छैन, गभर्नर अधिकारीले आफ्नो सामाजिक सञ्जाल ट्वीटमार्फत यस्तो जानकारी गराएका हुन् । 

    images
    images

    अहिले कोरोना माहामारीको समयमा बैंकमा भिड जम्मा हुने भन्दै कम्तिमा ५० हजार रुपैंयाँ मात्र झिक्न सकिने विषय सामाजिक सञ्जालमा भाइरल भएको छ । 

    यदि बैंकहरुले यस्तो कार्य गरियो भने मध्यम तथा निम्न वर्गका समुदाय बढि प्रभावित हुनेछन् । जसले आफ्नो गाँस कटाएर ५ / १० हजार रुपैंयाँ बैंकमा जम्मा गरेका हुन्छन् । यस्तै कुनै आफन्तलाई सहयोग गर्न पनि कठिन पर्नेछ । समाजिक सञ्जालमा उठेको विषयमा स्पष्ट पार्दै गभर्नर अधिकारीले भनेका छन्, यदि कुन बैंकको कुन शाखाबाट यस्तो ब्यबहार भएको हो, स्पष्ट जानकारी भए तत्काल कारवाही गर्न सकिने बताएका छन् । उनले त्यसका लागि सहजीकरण गर्न समेत आग्रह गरेका छन् । 

    ‘बैँकबाट ५० हजार भन्दा कम झिक्न नपाउने नियम बनाएर गज्जब गऱ्यौ सरकार प्रश्नकर्ताले आफ्नो जिज्ञासा राख्दै भनेका छन्, ‘सबैलाई महिनाको ५० हजारभन्दा बढी खातामा हालिदिने गरेको छ क्यारे ! नभए, घर घरै पैसा पठाउने गरेकै होला ! चेक ५० हजार भन्दा माथिको लेख्नु पर्ने रे ! ५० मुनिको रकम हुनेले घरखर्च नगर, त्यही रकम हेरेर जय मनाऊ’ यस्तो जिज्ञासको जवाफ दिदै गर्भनरले ब्यबहारिक समस्यामा सूचना दिइएको मा धन्यबाद दिदै कुनैपनि बैंकले त्यस्तो कार्य गर्ने गरेको पाइएमा तत्काल जानकारी गराउन आग्रह समेत गरेका छन् । 


    पछिल्लो समय कोरोना माहामारीका कारण बैंकमा भिड कम गर्न भन्दै ५० हजार भन्दा कम रमक झिक्न नपाइने विषयहरु चर्चामा छन् ।  

     

    bank news.JPG

    साताको लोकप्रीय