देउवा सरकारले एमसीसी पास गरे प्रचण्ड र नेपालका लागि राजनीति गर्ने ‘घडेरी’ पनि बाँकी रहदैन : सूर्यराज आचार्य 

देउवा सरकारले एमसीसी पास गरे प्रचण्ड र नेपालका लागि राजनीति गर्ने ‘घडेरी’ पनि बाँकी रहदैन : सूर्यराज आचार्य 

अर्थ डबली
आइतवार, साउन ३ २०७८
अर्थ डबली
आइतवार, साउन ३ २०७८ (अर्काइभ बाट)
  • देउवा सरकारले एमसीसी पास गरे प्रचण्ड र नेपालका लागि राजनीति गर्ने ‘घडेरी’ पनि बाँकी रहदैन : सूर्यराज आचार्य 

    काठमाडौँ / पूर्वाधारविद् सूर्यराज आचार्यले प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वमा बनेको सरकारले अमेरिकाको मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गरे माधव नेपाल र प्रचण्डका लागि राजनीति गर्ने ‘घडेरी’ पनि बाँकी नरहने बताएका छन् । 

    images
    images

    देउवा नेतृत्व्को सरकारले संकल्प प्रस्तावसहित एमसीसी सम्झौता संसदबाट पास गर्ने चर्चाबीच पूर्वाधारविद् आचार्यले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । 

    अदालतको फैसला पछिको नयाँ परिवेशमा माधव नेपाल पक्षका एमाले सांसदको समर्थनबाट प्रम देउवाले विश्वासको मत पाउनु स्वभाविक रहेको भन्दै उनले संकल्प प्रस्तावको प्रपञ्च जनताको आँखामा छारो हाल्ने दुष्प्रयास मात्रै भएको अभिव्यक्ति दिएका छन् । 

    उनी लेख्छन् “यसको कुनै माने हुँदैन, कानुनी रूपले। अमेरिकाका लागि नेपालको संसदमा पास गरेको संकल्प प्रस्तावको कुनै अर्थ हुँदैन। एमसीसीको सम्झौतामा रहेका राष्ट्रघाती सर्त संकल्प प्रस्तावले सच्चिने कुरा हुँदैन।”

    उनले राष्ट्रहितमा दुरगामी र प्रतिकुल असर पार्ने एमसिसि सम्झौता पास गर्ने सरकारको सम्भावित जालझेल प्रति निरन्तर खबरदारी गर्नसमेत आह्वान गरेका छन् । 

    साताको लोकप्रीय