गृहजिल्लामा खेलकुदमन्त्री अथक ब्यस्त, गाउँ गाउँमा शिल्यान्यास र उद्घाटन

गृहजिल्लामा खेलकुदमन्त्री अथक ब्यस्त, गाउँ गाउँमा शिल्यान्यास र उद्घाटन

अर्थ डबली
सोमवार, मंसिर ६ २०७८
अर्थ डबली
सोमवार, मंसिर ६ २०७८ (अर्काइभ बाट)
  • गृहजिल्लामा खेलकुदमन्त्री अथक ब्यस्त, गाउँ गाउँमा शिल्यान्यास र उद्घाटन

    नेपालगन्ज तिन दिने भ्रमणका क्रममा गृहजिल्ला पुगेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथक आज काठमाण्डौं फर्किदैं छन् । 

    images
    images


    राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यासका लागि बाँके  पुगेका मन्त्री अथक विभिन्न कार्यक्रममा ब्यस्त भए । 
    मंसिर ३ गते बेलुका नेपालगन्ज पुगेका मन्त्री अथक ४ गते बिहान नेपालगन्ज म्याराथनमा सहभागी भएका थिए । 

    प्रमुख अतिथिका रुपमा म्याराथनको उद्घाटन गरेपछि मन्त्री अथक केही दुरीसम्म प्रतिस्प्रधिहरुसँगै दौडिएका थिए । 
    तिन दिने जिल्ला भ्रमणमा क्रममा मन्त्री अथकले आईतबार महिला क्रिकेट एकेडेमीको शिलान्यास  गरे । 
    मन्त्री नियुक्त भएलगत्तै अथकले कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकेडेमी निर्माण गर्ने निर्णय  गरेका थिए ।

    सोही निर्णयलाई कार्यान्वयन गर्ने क्रममा बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री अथकले महिला क्रिकेट एकेडेमीको शिलान्यास गरेका थिए । 

    १ अर्ब २२ करोड लागत अनुमान गरीएको उक्त एकेडेमीलाई रात्रिकालिन खेल संचालन गर्न सकिने तथा आवाशिय सुविधा सहित अन्तराष्ट्रिय स्तरमा निर्माण गरीने मन्त्री अथकले जानकारी दिए । 

    आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त एकेडेमीको पुर्वाधार निर्माणको काम तत्काल अगाडी बढाउन अथकले निर्देशन समेत  दिए । 

    mantri athak.JPG
    इसैबिच आफ्नो निर्वाचन क्षेत्रमा भएका बिभिन्न गतिविधिको अनुगमनकालागि राप्तीपारी तथा नरैनापुर पुगेका मन्त्री अथकलाई स्थानियहरुले भब्य स्वागत गरेका थिए ।

    जिल्लाको तिन दिने बसाईका क्रममा मन्त्री अथकले बिभिन्न खेल संरचनाहरुको अनुगमन गर्नुका साथै राजनितिक कार्यक्रमहरुमा समेत सहभागीता जनाए । उनी आज बेलुका काठमाण्डौं फर्कने कार्यक्रम रहेको मन्त्रीको सचिवालयले जनाएको छ । 

    साताको लोकप्रीय