आजको मौसम : बाग्मतीसहित यी तीन प्रदेशको उच्च पहाडी र हिमाली भेगमा हिमपात 

आजको मौसम : बाग्मतीसहित यी तीन प्रदेशको उच्च पहाडी र हिमाली भेगमा हिमपात 

अर्थ डबली
बिहिवार, मंसिर ९ २०७८
अर्थ डबली
बिहिवार, मंसिर ९ २०७८ (अर्काइभ बाट)
  • आजको मौसम :  बाग्मतीसहित यी तीन प्रदेशको उच्च पहाडी र हिमाली भेगमा हिमपात 

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ ।देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ।

    images
    images

    मौसमविद्का अनुसार आज दिउँसो देशको  पहाडी भूभागहरुमा  आँशिक देखी सामान्य बदली रही वाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    यसैगरी आज राति  प्रदेश १, बागमती र गण्डकी प्रदेशको  पहाडी भूभागहरुमा  आँशिक देखी सामान्य बदली र लुम्विनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आँशिक बदली रही वाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श 
    देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागका एकरदुई स्थानहरुमा हल्का हिमपातको संभावना रहनुको साथै देशभर चिसो वढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    साताको लोकप्रीय