लक्ष्मी लघुवित्तको साधारणसभा भोलि शुक्रबार, लाभांश प्रस्ताव पारित गरिने

लक्ष्मी लघुवित्तको साधारणसभा भोलि शुक्रबार, लाभांश प्रस्ताव पारित गरिने

अर्थ डबली
बिहिवार, मंसिर ९ २०७८
अर्थ डबली
बिहिवार, मंसिर ९ २०७८ (अर्काइभ बाट)
  • लक्ष्मी लघुवित्तको साधारणसभा भोलि शुक्रबार, लाभांश प्रस्ताव पारित गरिने

    काठमाडौँ / लक्ष्मी लघुवित्त वित्तीय संस्थाले मंसिर १० गते शुक्रबार वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले २७ दशमलव ३६ प्रस्ताव लाभांश प्रस्ताव पारित गर्न अग्रवाल भवन कमलपोखरी काठमाडौंमा बिहान ११ बजे सभा आह्वान गरेको हो । सभा भिडियो कफ्रेन्सको माध्यमबाट आयोजना हुनेछ ।

    images
    images

    सभामा सेयरधनीलाई लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७६र/७७ को नाफाबाट २० प्रतिशत बोनस सेयर र सात दशमलव ३६ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको छ ।

    यस्तै, अन्य कुनै लघुवित्तलाई एक्वायर गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा छलफल हुनेछ ।

    सभा प्रयोजनार्थ लक्ष्मीले ३० कात्तिकमा बुक क्लोज गरिसकेको छ । यसअनुसार २९ कात्तिकसम्म कायम रहेका सेयरधनीले लाभांश सुरक्षित गर्न तथा सभामा सहभागिता जनाउन पाउनेछन् ।

    साताको लोकप्रीय