कोभिड महामारीका कारण महिला विरुद्धको हिंसा बढ्यो : राष्ट्रसंघीय प्रतिवेदन

कोभिड महामारीका कारण महिला विरुद्धको हिंसा बढ्यो : राष्ट्रसंघीय प्रतिवेदन

अर्थ डबली
बिहिवार, मंसिर ९ २०७८
अर्थ डबली
बिहिवार, मंसिर ९ २०७८ (अर्काइभ बाट)
  • कोभिड महामारीका कारण महिला विरुद्धको हिंसा बढ्यो : राष्ट्रसंघीय प्रतिवेदन

    संयुक्त राष्ट्रसंघ / संयुक्त राष्ट्रसंघले हालै गरेको एक अध्ययनमा कोभिड १९ को महामारीका कारण महिला हिंसामा बृद्धि भएको पाइएको छ । विश्वका विभिन्न १३ ओटा देशमा गरेको अध्ययनमा यस महामारीका कारण महिला हिंसाका घटनामा पनि बृद्धि भएको पाइएको हो । 

    images
    images

    विश्वका अरु देशमा पनि यो महामारीका कारण आफ्ना घरमै र बाहिर अर्थात् सार्वजनिक स्थलमा पनि यस्ता घटनामा बृद्धि भएको पाइएको सो उक्त अध्ययनमा देखिएको बताइएको छ ।  

    ती १३ देशमा गरेको सर्वेक्षणबाट महिलाहरुले महामारीका कारण घरमै बस्नुपर्दा तथा सार्वजनिक स्थानमा समेत आफूहरुमाथि हिंसा बढेको पाइएको उनीहरुले बताएका थिए ।   

    घरेलु हिंसा घरभित्र हुने गरेको र कोरोनाबाट बच्न घरभित्र बस्नु सबैभन्दा ठूलो बचाउ ठानिएको भएपनि वास्तविकता त्यस्तो नरहेको ती महिलाले जनाएका छन् । 

    यो महामारीका कारण विश्वका अधिकांश मुलुकमा लकडाउन गरिएको थियो र बासिन्दाहरुलाई घरभित्रै बस्न भनिएको थियो । तर पनि घरमा बस्नुपर्दाको अवस्थामा पनि महिलामाथिको हिंसा झनै बढ्ने गरेको सो अनुसन्धानबाट पाइएको हो ।

    सो सर्वेक्षणमा समेटिएका महिलाहरुमध्ये करिब आधाजतिले सार्वजनिक स्थान र घरमा पनि कुनै न कुनै प्रकारको हिंसाको महसुस गरेको बताएका थिए । 

    त्यसैगरी एक चौथाई महिलाले त आफूहरु घरमै असुरक्षित रहेको बताएका थिए । उनीहरुले महामारी सुरु भएयतादेखि आफूहरुलाई घरमै हिंसा बढेको अनुभव सो अनुसन्धानका क्रममा सुनाएका थिए ।

     उक्त अनुसन्धानले यो महामारीका समयमा भएका घरेलु हिंसाको यथोचित मात्रामा वास्तविकता बाहिर आउन नसकेको पनि देखाएको छ । 

    यसै पनि घरेलु हिंसाका घटना अत्यन्त कममात्रै जानकारीमा आउने गरेको र अहिले झन् यो महामारीपछि त्यसमाथि सबैलाई घरभित्रै बस्नु भनेको समयमा यसको रिपोर्टिङ पनि अत्यन्त न्यून हुने गरेको उक्त अनुसन्धान रिपोर्टमा जनाइएको छ ।

    साताको लोकप्रीय