युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक बिच कर्जा सम्झौता

युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक बिच कर्जा सम्झौता

अर्थ डबली
बिहिवार, मंसिर ९ २०७८
अर्थ डबली
बिहिवार, मंसिर ९ २०७८ (अर्काइभ बाट)
  • युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक बिच कर्जा सम्झौता

    काठमाडौँ / नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेड बिच यहि मंसिर ८ गतेका दिन एक कार्यक्रममा कर्जा सम्झौता भएको छ ।

    images
    images

    न्यून आय आम्दानी भएका र सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलितवर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगढ, मजदूर र भुमिहीन विपन्न परिवारहरुलाई विपन्नवर्ग अन्तर्गत रहेर कर्जा लगानी गर्नको लागि उक्त सम्झौता भएको प्रेस विज्ञप्तिले जनाएको छ ।   

    सो, कर्जा सम्झौतामा नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोषकातर्फबाट कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र गरिमा विकास बैंक लिमिटेडकोतर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका थिए ।  

     

     

    साताको लोकप्रीय