जन्मदिनमा प्रवासबाट विद्यालयमा शैक्षिक अक्षयकोष 

जन्मदिनमा प्रवासबाट विद्यालयमा शैक्षिक अक्षयकोष 

अर्थ डबली
बिहिवार, मंसिर ९ २०७८
अर्थ डबली
बिहिवार, मंसिर ९ २०७८ (अर्काइभ बाट)
  • जन्मदिनमा प्रवासबाट विद्यालयमा शैक्षिक अक्षयकोष 

    बागलुङ/ पछिल्लो समय जन्मदिनलाई एउटा पर्वको रुपमा मनाउन थालिएको छ । दिनहुँ सामाजिक सञ्जालमा आजकल जन्मदिनका पोष्टहरु निकै देखिन्छन ।

    images
    images

     प्रायले आफनो जन्मदिनलाई तडक भडक रुपमा मनाउने, फजुल खर्च गर्ने समेत गरेको पाईन्छ । 

    गलकोट नगरपालिका ७ मल्म, आँगाखेत अहिले जापानमा कर्म गरिरहेका एक युवाले भनें आफनो छोराको जन्मदिनमा गाउँको एउटा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन । 

    गलकोट समाज जापान क्षेत्रिय समिती नागोयाका अध्यक्ष समेत रहेका रामु थापा काजीले उक्त परोपकारी कार्य गरेका हुन ।

    दलित र विपन्न विद्यार्थीको बाहुल्यता रहेको मल्म स्थित सिरबारे प्राथमिक विद्यालयमा उनले छोरा आयुष थापाको जन्मदिनको अवसरमा नगद रु २० हजारको शैक्षिक अक्षयकोष स्थापना गरेका छन ।

    विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीको शैक्षिक प्रगति होस भन्ने उद्येश्यले उक्त कार्य गरेको अक्षयकोषकर्ता थापाले बताए ।जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौं भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई लक्षित गरि आफुले शैक्षिक अक्षयकोष स्थापना गरेको थापाको भनाई छ ।

    रकम सानो भएपनि यसको महत्व ठुलो रहेको र शैक्षिक जगतमा थोरै भएपनि सहयोग पुग्ने उनले उल्लेख गरे । उक्त रकमको वार्षिक ब्याज मार्फत विद्यार्थीले शैक्षिक सामाग्री पुरस्कार स्वरुप प्राप्त गर्ने सिरबारे प्राथमिक विद्यालय गलकोट नगरपालिका ७ मल्म, सिरबारेका प्रधानध्यापक कल्पना गौतमले जानकारी गराईन ।

    अक्षयकोष रकम विद्यालयमा आयोजित कार्यक्रममा गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लोक बहादुर थापा र सामाजिक संस्था घुम्टे युवा परिवारका सदस्य भूमिराज थापाले संयुक्त रुपमा विद्यालयलाई हस्तान्तरण गरेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष छबिलाल दर्जीले बताए ।

    कार्यक्रममा बोल्दै वडा सदस्य थापाले अक्षयकोष रकमको ब्याज बाट प्राप्त हुने पुरस्कारले विपन्न र जेहेन्दार विद्यार्थीलाई शैक्षिक गतिविधीमा थप आकर्षण गर्न सहयोग पुग्ने बताए । यस्ता कार्यले समाजमा शिक्षाको महत्व झल्काउने उनको विश्वास छ ।

    गलकोट नगरपालिका वडा नं ७ मल्म स्थायी घर भई जापानमा कर्म गरिरहेका युवा समाजसेवी रामु थापा काजीले समय समयमा विभिन्न संघ संस्थाहरु सँगै समाजमा यस्तै परोपकारी कामहरु गर्दै आईरहेका छन ।

    उक्त विद्यालयमा गत वर्ष गलकोट समाज जापान क्षेत्रिय समितीले नागोयाले नगद रु ५० हजारको शैक्षिक अक्षयकोष स्थापना गरेको छ । संस्थाका अध्यक्ष थापाले रु २० हजार रकम अक्षयकोष स्वरुप सहयोग गरेपश्चात विद्यालयमा अक्षयकोष रकम रु ७० हजार पुगेको छ ।

    थम्मन थापा 

    साताको लोकप्रीय