Logo
बुधवार, मंसिर २२ गते २०७८
images
मंसिर २२ गते २०७८
images

सरकार विपन्न वर्गका लागि सुरक्षित आवास निर्माण गर्ने तयारीमा : मन्त्री झाँक्री


२०७८ मंसिर, ९ बिहिवार
  • 83
    SHARES

  • images
    सरकार विपन्न वर्गका लागि सुरक्षित आवास निर्माण गर्ने तयारीमा : मन्त्री झाँक्री

    काठमाडौँ / सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले विपन्न र पछाडि परेका वर्गका लागि सरकार सुरक्षित आवास निर्माण गर्न लागिपरेको बताएका छन् ।

     सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र एसिया सेल्टर फोरमले संयुक्त रुपमा आज आयोजना गरेको वार्षिक सम्मेलन कार्यक्रममा उनले संविधानमा मौलिक हकका रुपमा रहेको आवासको हक कार्यान्वयन गरिने उल्लेख गरे ।

    नेपालमा बर्सेनि बाढीपहिरो, डुबान, भूकम्पलगायतका कारणले धेरै नागरिक घरबारविहीन हुनुपरेको मन्त्री झाँक्रीले बताए ।

     उनले भने, “विपद्का  कारण  घरबारविहीन बनेका र विभिन्न जिल्लामा रहेका विपन्न वर्गको आवास निर्माणका लागि विभिन्न कार्यक्रम सञ्चालनमा छन् ।”

    सरकारले आवधिक विकास योजना र अन्तर्राष्ट्रिय रुपमा गरेका प्रतिवद्धताका आधारमा नागरिकलाई आवासको व्यवस्थापन गरिरहेको मन्त्री झाँक्रीको भनाइ छ ।

      प्रदेश सरकारसँगको सहकार्यमा जनता आवास कार्यक्रममार्फत विभिन्न जिल्लामा आवास निर्माणमा नागरिकलाई सहयोग गरिरहेको उनले उल्लेख गरे ।

     “आवास निर्माण गर्ने अवस्था नभएका नागरिकका लागि घर बनाइरहेका छौँ”, उनले भने । 

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

      बाँकी  काम विभिन्न मन्त्रालयको जिम्मा लगाइएको उनको भनाइ छ ।  स्थानीयस्तरमा भएका सामग्रीको प्रयोग गरेर ग्रामीण क्षेत्रमा आवास निर्माण गर्दै आएको ज्ञवालीले बताए । 

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले विपद्पछि पुनःनिर्माणका लागि विभिन्न देशबाट सहयोग प्राप्त भएको सो अवसरमा जानकारी दिए । 

    यो पनि पढ्नुहोस

    images
    images
    images
    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images
    images