बालबालिका चित्रकथा “एमिली र त्यो चिज” र “एमिलीको खरायो” नेपालीमा 

बालबालिका चित्रकथा “एमिली र त्यो चिज” र “एमिलीको खरायो” नेपालीमा 

अर्थ डबली
बिहिवार, मंसिर ९ २०७८
अर्थ डबली
बिहिवार, मंसिर ९ २०७८ (अर्काइभ बाट)
  • बालबालिका चित्रकथा “एमिली र त्यो चिज” र “एमिलीको खरायो” नेपालीमा 

    बालबालिका का लागी उपयुक्त पुस्तक प्रकाशन गर्ने कथालय इन्कले “एमिली र त्यो चिज” र “एमिलीको खरायो” चित्रकथालाई नेपाली भाषामा प्रकाशित गरेको छ। 

    images
    images

    यी चित्र पुस्तकहरुको नेपाली अनुवाद भिक्टर प्रधानले गरेका छन्। यी बाल पुस्तकलाई होड्डर र स्टोङ्टन् (ह्याचेट चिल्ड्रेन ग्रुप ) प्रकाशकलेसन् २००७ मा बेलायतबाट प्रकाशित गरिसकेको छ। 

    “एमिली र त्यो चिज” चित्रकथामा एकजना सानी केटी हुन्छिन जसको नाम एमिली हुन्छ र उसको एउटा पुरानो खैरो खरायो हुन्छ जसको नाम स्टेनली हुन्छ । एमिली र उसको पुरानो खरायो स्टेनली निदाउने कोसिसमा हुन्छन्, तर एउटा आवाजले उनीहरुलाई बिउँझै राख्छ, निँदाउनै दिँदैन। 

    त्यो अनौठो आवाज केको हो, कसको हो अथवा केले त्यो आवाज निकालिरहेको छ ?  यो चित्रकथाले पाठकमा यस्तै प्रश्न र कौतुहलता जगाउने प्रयास गरेको छ । 

    त्यस्तै अर्को चित्रकथा “एमिलीको खरायो” मा एमिली र स्टेनली परदेशको जीवन र त्यहाँको चालामाला कस्तो रहेछ हेर्न भनेर अन्तरीक्षको नभ(मण्डलमा पुग्छ। नभ– मण्डलमा पुगेको मात्र के थियो।  त्यहाँका महारानीले एमिलीको खरायो मन पराउँछ र खरायो लिन आफ्ना चाकारहरुलाइ पठाँउछन् ।  

    तर एमिलीले आफ्नो खरायो बिक्रीमा नरहेको प्रष्ट पार्दै आफ्नो खरायो महारानीलाइ दिन साफ इन्कार गरिदिन्छिन्।

    त्यो खरायो नै महारानीलाई किन चाहिएको होला, त्यो खरायो पाउनका लागी महारानीले के कस्ता प्रयास गर्छिन् त रु  यस्तै प्रश्न र कौतुहलता पाठकमा जगाउने प्रयास यस चित्रकथाले गरेको छ।

    यी चित्र पुस्तकहरुमा बालबालिकाले निअल लेटनले बनाएको फरक र रमाइलो चित्र हेरेर कथा बारे धेरै कुराबुझ्न सक्छन्। 

    तिखो बुद्धि, दयालु मनको पात्र र उत्तम विषयवस्तु यी पुस्तकहरुले समेटेको छ। बालबालिकामा प्रश्नको उत्तर खोज्न सक्ने क्षमताको अभिवृद्धि र जिज्ञासा उत्पन्न गराउन यी चित्र पुस्तकहरुले प्रचुर मदत गर्नेछ। 

     

    साताको लोकप्रीय