कोरोना विश्व : सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो, एघार लाख ८० हजार मानिसको ज्यान गयो

कोरोना विश्व : सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो, एघार लाख ८० हजार मानिसको ज्यान गयो

अर्थ डबली
शुक्रवार, कार्तिक १४ २०७७
अर्थ डबली
शुक्रवार, कार्तिक १४ २०७७ (अर्काइभ बाट)
  • कोरोना विश्व : सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो, एघार लाख ८० हजार मानिसको ज्यान गयो

    न्युयोर्क/  विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५० लाखभन्दा बढी पुगेको छ ।
        
    जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विश्वभरी चार करोड ५० लाख १८ हजार ३५४ जना सङ्क्रमित भएका छन् । 

    images
    images

    कोरोनाका कारण विश्वभरी अहिलेसम्म एघार लाख ८० हजार मानिसको मृत्यु भएको पनि विवरणहरुमा जनाइएको छ । 

    सङ्क्रमित भएकाहरुको संख्याका आधारमा हेर्दा सबैभन्दा धेरै प्रभावित अमेरिका रहेको छ भने दोस्रोमा भारत, तेस्रोमा ब्राजिल, चौथोमा रुस र पाँचौँमा फ्रान्स रहेका छन् । 

    अमेरिकामा अहिलेसम्म ९२ लाख १२ हजार ७६७ जना सङ्क्रमित भएका छन् भने दुई लाख ३४ हजार १७७ को मृत्यु भएको छ ।  

    त्यसैगरी भारतमा ८० लाख ८८ हजार ८५१ जना सङ्क्रमित हुँदा एक लाख २१ हजार १३१ जनाको मृत्यु भएको विश्वविद्यालयले जनाएको छ । 

    तेस्रो अग्रस्थानमा रहेको ब्राजिलमा ५४ लाख ९६ हजार ४०२ जना सङ्क्रमित र एक लाख ५९ हजार ३३ जनाको मृत्यु भएको छ । 

    त्यसैगरी चौथो क्रममा रहेको रुसमा १५ लाख ९९ हजार ९७६ जना सङ्क्रमित र २७ हजार ६५६ जनाको मृत्यु भएको छ भने फ्रान्समा १२ लाख ८२ हजार ७६९ जना सङ्क्रमित र ३६ हजार २० जनाको मृत्यु भएको छ । 

    कोरोनाभाइरसको महामारी अहिलेसम्म विश्वका २१८ देशमा फैलिएको छ भने सङ्क्रमित भएर पनि निको भइसकेकाहरुको संख्या तीन करोड ३० लाख १८ हजार ६९७ रहेको छ । 

    त्यसैगरी अहिलेपनि सङ्क्रमित अवस्थामै रहेका कुल एक करोड ११ लाख ७६ हजार ४२५ मध्ये एक करोड दश लाख ९४ हजार १४३ जनाको अवस्था मध्यम रहेको छ । एएनआई

    साताको लोकप्रीय