प्रधानमन्त्री ओली हावादारी गफाडी र भ्रष्टचारीको संरक्षक –नेतृ रामकुमारी झाँक्री

प्रधानमन्त्री ओली हावादारी गफाडी र भ्रष्टचारीको संरक्षक –नेतृ रामकुमारी झाँक्री

अर्थ डबली
शनिवार, पुस १८ २०७७
अर्थ डबली
शनिवार, पुस १८ २०७७ (अर्काइभ बाट)
  • प्रधानमन्त्री ओली हावादारी गफाडी र भ्रष्टचारीको संरक्षक –नेतृ रामकुमारी झाँक्री

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्ट्रचारीको संरक्षण गरेको सत्य भएको आरोप नेकपाका नेतृ रामकुमारी झाँक्रीले लगाएकी छिन् । 

    images
    images
    images

    उलने प्रधानमन्त्री ओलीलाई  गफाडीको संज्ञा दिदै हावादारी गफ मात्र गर्ने तर काम गर्न नसकेको दावी गरेकी छिन् । 

    बरु काम गर्न नसक्दा काम गर्न सकिन भनेर जाने संसदमा जान सुझाएका छन् । 

    संसद विधटन गर्ने प्रधानमन्त्रीलाई यस्तो अधिकार नै नभएको उनको दावी छ । यस्तो असंबैधानिक ओली कदमको जति निन्दा गरे पनि नपुग्ने झाँक्रीले बताइन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनकै नेतृत्वको पाटी नेकपा दुई समुहमा विभाजन भएको छ । एउटा ओली पक्ष जो ओलीको कदम उचित र आवश्यक भएको बताउँदै आएका छन् भने, अर्को प्रचण्ड नेपाल समुह असंवैधानिक भएको भन्दै सडक आन्दोलनमा छ ।

     
    ओलीको कदमको विरोध गर्दै पछिल्लो समय मुलुकको सबैजसो राजनीतिक पार्टीहरु सडक आन्दोलनमा छन् । नेतृ रामकुमारी झाँक्रीले ओलीको कदमको विरोध गर्दै आइरहेकी छिन् । उनले आफ्नो सामाजिक सञ्जालहरुमा यस्तो भावना व्यक्त गर्दै आएकी हुन् । 

    झाँक्रीले अर्को ट्वीटमा प्रजातन्त्रको जग बसाउन,जनताको जनादेशलाई कुल्चदै संसद विघटन जस्तो राजनितिक रूपमा अपराधिक र असंबैधानिक काम गर्नुपर्ने रहेछ होईन ? भनेर खुला प्रश्न समेत गरेक छिन् । 
    पहिले पनि यो संबिधान अनुसार अर्को सरकार बन्ने ब्यवस्था छैन भनेर एकपटक प्रधानमंत्री भएपछि बाचुन्जेल खाने दाबी सुनिएको उनले बताईन् । 

    ram kumari.JPG

     

    साताको लोकप्रीय