काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार प्रकाशन गरेको थोकमूल्य विवरण अनुसार आज गोलभेडाको भाउ घटेको छ ।
ठूलो नेपाली गोलभेडा यसअघि ७८ रुपैयाँ प्रतिकिलो रहेकोमा आज १२.८२ प्रतिशतले घटेर ६८ रुपैयाँ कायम भएको छ भने सानो गोलभेडा ५८ रुपैयाँबाट ८ रुपैयाँ घटेर प्रतिकिलो ५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी टनेल गोलभेडा यसअघि ७५ रुपैयाँ रहेकोमा आज ७० रुपैयाँ कायम भएको छ भने रातो आलु ९१ रुपैयाँ प्रतिकिलो रहेकोमा १३.१९ प्रतिशत घटेर ७९ रुपैयाँ रहेको छ ।
सुकेको प्याजको भाउ समेत आज सामान्य घटेको छ । यसअघि १२८ रुपैयाँबाट घटेर १२७ रुपैयाँ कायम भएको छ ।
विस्तृत हेर्नुस्