प्रधानमन्त्री ओलीको दिनगन्ति शुरु भएको भन्दै नेतृ झाक्रीले भनिन् ‘ज्ञानेन्द्र शाहको खुब याद आयो’

प्रधानमन्त्री ओलीको दिनगन्ति शुरु भएको भन्दै नेतृ झाक्रीले भनिन् ‘ज्ञानेन्द्र शाहको खुब याद आयो’

अर्थ डबली
मंगलवार, माघ १३ २०७७
अर्थ डबली
मंगलवार, माघ १३ २०७७ (अर्काइभ बाट)
  • प्रधानमन्त्री ओलीको दिनगन्ति शुरु भएको भन्दै नेतृ झाक्रीले भनिन् ‘ज्ञानेन्द्र शाहको खुब याद आयो’

    काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टीकी सांसद तथा नेतृ रामकुमारी झाक्रीले प्रधानमन्त्री खड्ग प्रसाद ओली (केपी ओली)लाई देख्दा तत्कालिन राजा ज्ञानेन्द्र शाहको याद आएको बताएकी छन् ।

    images
    images

    नेतृ  झाक्रीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलको दिनगन्ति शुरु भएको भन्दै अब कागजी तानाशाह ढल्न समय नलाग्ने बताएकी छन् । 


    उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन् ‘तत्कालिन राजा ज्ञानेन्द्र शाहको कारण राजतन्त्र नासिदै थियो,ठिक त्यही बेला उनले  ‘नागरीक अभिनन्दन’ खादै देशभरीका शक्तिपिठ धाउदै गरेको खुब याद आयो खड्ग प्र. शर्मा ओलीले शक्तिपिठ धाएको देखेर।
    उनको दिनगन्ति सुरू भयो अब। कागजी तानाशाह ढल्न समय लाग्दैन।’ 

    प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको विरोधमा देशभर आन्दोलन र प्रदर्शनहरु भइरहेको छ। 

    साताको लोकप्रीय