नेतृ झाक्रीको गिरफ्तारीपछि काँग्रेस नेता थापाको आक्रोस ‘उहिले महाराज अहिले राष्ट्रपति’

नेतृ झाक्रीको गिरफ्तारीपछि काँग्रेस नेता थापाको आक्रोस ‘उहिले महाराज अहिले राष्ट्रपति’

अर्थ डबली
बिहिवार, माघ २९ २०७७
अर्थ डबली
बिहिवार, माघ २९ २०७७ (अर्काइभ बाट)
  • नेतृ झाक्रीको गिरफ्तारीपछि काँग्रेस नेता थापाको आक्रोस ‘उहिले महाराज अहिले राष्ट्रपति’

    काठमाडौँ / नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेलगत्तै उक्त घटनाको चर्को विरोध भएको छ । 

    images
    images

    उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीबारे गरेको टिप्पणीको कारण महानगरीय अपराध महाशाखाको टोलीले घरबाटै पक्राउ गरेको हो । 

    नेतृ झाक्रीको पक्राउको विरुद्धमा नेपाली काँग्रेसका नेता गगन थापाले राष्ट्रपतिलाई महाराजको संज्ञा दिएका छन् । उनले कर्तव्य निर्वाह गर्न छोडेर असैवधानकि र अलोकतान्त्रिक कार्य गरेको र प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजेको आरोप लगाएका छन् ।

    साथै नेता थापाले सत्यको पक्षमा बोल्नेको मुख बन्द हुँदैन भन्दै सरकारलाई झ्यालखानाको संख्या थप्न समेत चुनौति दिएका छन् । 

     

    कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति !
    सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन।

    — Gagan Thapa (@thapagk) February 11, 2021

     

    नेकपा ओली समूहसम्बद्ध अखिल नेपाल महिला संघले नेतृ झाक्रीलाई कारवाही गर्न प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

     

    साताको लोकप्रीय