रामकुमारी झाक्री पक्राउपछि सरकारको चर्को विरोध, कसले के भने ? हेर्नुस् 

रामकुमारी झाक्री पक्राउपछि सरकारको चर्को विरोध, कसले के भने ? हेर्नुस् 

अर्थ डबली
बिहिवार, माघ २९ २०७७
अर्थ डबली
बिहिवार, माघ २९ २०७७ (अर्काइभ बाट)
  • रामकुमारी झाक्री पक्राउपछि सरकारको चर्को विरोध, कसले के भने ? हेर्नुस् 

    काठमाडौँ / प्रहरीले नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेलगत्तै उक्त घटनाको चर्को विरोध भएको छ । 

    images
    images

    उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीबारे गरेको टिप्पणीको कारण देखाउँदै पक्राउ गर्न प्रहरी पुगेपछि झाक्रीको निवासमा भेला भएका नेकपा कार्यकर्ताले नारावाजी चर्को नारावाजी गर्दै प्रदर्शन गरेका थिए । 


    पक्राउ पर्नुअघि नेतृ झाक्रीले लोकतन्त्रको उपहास भएको प्रतिक्रिया दिइन् । उनले तानाशाहहरु ढल्ने बेलामा यस्तै हुन्छ, निभ्ने बेलाको बत्ति जस्तै भएको बताएकी थिइन् । 

      त्यस्तै, सामाजिक सञ्चाल ट्वीटरमा समेत सो घटनालाई लिएर सरकारको आलोचना भएको छ । 
    नेकपा नेता जनार्दश शर्माले ट्वीटरम मार्फत रामकुमारी झाक्री लाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र नभाई देशलाई मुडभेटमा लगेर आपनो निहित स्वार्थ पुर्ती गर्ने षड्यन्त्र भएको बताएका छन् । 

    त्यस्तै, नेपाली काँग्रेसका नेता धनराज गुरुङले ट्वीचरमा सरकारको विरोध गर्दै रामकुमारी झाँक्रीलाई पक्राउ गर्नु भनेको संविधानले प्रदत्त गरेको अभिव्यक्ति स्वतन्त्रताको हक खोसिनु भएको भन्दै तानाशाही सरकारको जति निन्दा गरेपनि कम हुने बताएका छन् । ‘मर्ने बेलामा कमिलाको प्वाँख उम्रनु नौलो कुरा हैन। निरङ्कुश ओली शासकको पनि प्वाँख उम्रन थालिसके छ।’ उनले भनेका छन् । 


    त्यस्तै, नेकपा नेता योगेश भट्टराईले रामकुमारीलाई गिरफ्तार गर्नु अगावै प्रहरीलाई उनको निवासबाट तत्काल फिर्ता हुन भनेका थिए । उनले रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतीका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतीलाई धुलिसाफ गर्ने बताएका छन् । उनले भनेका छन् ‘राष्ट्रपती संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर ।’ यस घटनाले  ब्यक्तिगत रुपमा रामकुमारीलाई थप परिपक्व बनाउने र अझ स्थापित गर्ने उनको भनाई छ । 


    विज्ञ सुर्यराज आचार्यले समेत उक्त घट्नाको विरोध गर्दै सरकारको रवैया आपत्तिजनक भएको बताएका छन् । उनले लेखेका छन् ‘प्रतिस्पर्धामा व्यक्त अभिव्यक्ति ठिकरबेठिक छुट्याउने जनताले हो, सरकारले हैन। खबारदार, कुनै पनि अवस्थामा अभिव्यक्ति स्वतन्त्रता प्रतिको अंकुश अस्वीकार्य !’


    त्यस्तै, सरीता तिवारीले नेतृ झाक्रीले राष्ट्रपतिलाई गरेको आलोचना जायज भएको बताएकी छन् । उनले आफ्र झाक्रीको पक्षमा रहेको भन्दै लेखेकी छन् ‘राष्ट्रपतिले गरेको जनविरोधी हर्कतविरुद्ध र ब्यक्ति 'विद्या भण्डारी' प्रधानमन्त्रीको पपेट बनेर सम्मानित राष्ट्रपति पदलाई कलंकित गरेको दुर्भाग्यपूर्ण स्थितिविरुद्ध हो ।’

    मुमाराम खनालले  नेत्री रामकुमारी झांक्रीलाई गिरफ्तार गरेर सरकारले निरंकुशताको निर्लज्जता प्रदर्शन गरेको  बताएका छन् । अभिव्यक्ति स्वतन्त्रताको संकुचन अमान्य छ भन्दै उनले नेत्री झांक्रीको अविलम्ब रिहाई गर्नसमेत माग गरेका छन् । 


    विष्णु रिजालले समेत राजतन्त्र भएको बेलामा ‘पम्फादेवीका नाममा रानी ऐश्वर्यले स्वीस बैंकमा पैसा राखेकी छन्’ भनेर सडकमा नारा लाग्दा कोही समातिएन । ‘राजा वीरेन्द्रको बंश विनाश ज्ञानेन्द्र र पारसले गरेका हुन्’ भनेर बोल्दा–लेख्दा कसैमाथि मुद्दा लगाएको सुनिएन भन्दै उक्त घट्नाको विरोध गरेका छन् । 

    यसैगरी निर्मल प्रसाईँले नेतृ झाक्रीलाईँ पक्राउ गर्नु अधिनायकवादको चरम पराकाष्ठा भएको र प्रतिगमनको असली कुरुप अनुहार भएको बताएका छन् । उनले किन ब्यबस्था ढाल्न आत्तुर हुनुहुन्छ तपाईँ (ओली जी) ? भन्ने प्रश्न समेत गरेका छन् । 

    साताको लोकप्रीय