गरिमा विकास बैंकको अध्यक्षमा बस्यालद्वारा शपथ ग्रहण 

गरिमा विकास बैंकको अध्यक्षमा बस्यालद्वारा शपथ ग्रहण 

अर्थ डबली
सोमवार, फागुन ३ २०७७
अर्थ डबली
सोमवार, फागुन ३ २०७७ (अर्काइभ बाट)
  • गरिमा विकास बैंकको अध्यक्षमा बस्यालद्वारा शपथ ग्रहण 

    काठमाडौँ / गरिमा विकास बैंकको अध्यक्ष पदमा चयन भएका श्याम प्रसाद बस्यालले पद तथा गोपनीयताको सपथ लिएका छन् । 

    images
    images

    अध्यक्ष बस्यालले यही फागुन ३ गते नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
     
    बैंकको माघ ३० गते सम्पन्न १४ औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी ‘समूह ‘क’ को तर्फबाट श्याम प्रसाद बस्यालका साथै डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समूह ‘ख’ को तर्फबाट विमल पाण्डे , संजिव ढकाल र सरस्वती पाठक संचालक पदमा निर्वाचित भएका थिए ।  ।

    गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम सञ्चालनमा छन् । 

     

     

    साताको लोकप्रीय