सुनको भाउमा निरन्तर बृद्धि, आज पनि तोलामा एक हजार रुपैयाँ बढ्यो 

सुनको भाउमा निरन्तर बृद्धि, आज पनि तोलामा एक हजार रुपैयाँ बढ्यो 

अर्थ डबली
शुक्रवार, कार्तिक २१ २०७७
अर्थ डबली
शुक्रवार, कार्तिक २१ २०७७ (अर्काइभ बाट)
  • सुनको भाउमा निरन्तर बृद्धि, आज पनि तोलामा एक हजार रुपैयाँ बढ्यो 

    काठमाडौँ / सुनको भाउमा आज शुक्रबार पनि बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बिहीबार प्रतितोला ९६ हजार २०० रुपैयाँ रहेको सुनको भाउ आज ९७ हजार २०० रुपैयाँ कायम भएको छ । एकैदिनमा सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले बढेको हो । 

    images
    images

    सोही परिमाणको तेजावी सुनको भाउ आज प्रतितोला ९६ हजार ७०० रुपैयाँ रहेको छ । 
    यता, चाँदीको भाउ समेत एक हजार २१० रुपैयाँ रहेको चाँदीलाई आज एक हजार २५५ रुपैयाँ रहेको महासंघले जनाएको छ । 
    चाँदीको भाउ आज प्रतितोला ४५ रुपैयाँले बढेको हो । 

    साताको लोकप्रीय