थप ३०९३ जनामा कोरोना संक्रमण, निको हुने र मृत्यु हुने कति ? 

थप ३०९३ जनामा कोरोना संक्रमण, निको हुने र मृत्यु हुने कति ? 

अर्थ डबली
मंगलवार, कार्तिक ४ २०७७
अर्थ डबली
मंगलवार, कार्तिक ४ २०७७ (अर्काइभ बाट)
  • थप ३०९३ जनामा कोरोना संक्रमण, निको हुने र मृत्यु हुने कति ? 

    काठमाडौँ / मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार यससँगै संक्रमितको कूल संख्या १ लाख ३९ हजार १२९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ४१ हजार ७५५ पुगेको छ । 

    images
    images

    त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार १०८ संक्रमित निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै निको हुनेको कूल संख्या ९६ हजार ६०९ पुगेको छ ।

    गत २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । हालसम्म देशभर ७६५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    साताको लोकप्रीय