हनुमानढोकास्थित पृथ्वीनारायण शयन कक्ष पुनःनिर्माण अन्तिम चरणमा

हनुमानढोकास्थित पृथ्वीनारायण शयन कक्ष पुनःनिर्माण अन्तिम चरणमा

अर्थ डबली
शुक्रवार, मंसिर १० २०७८
अर्थ डबली
शुक्रवार, मंसिर १० २०७८ (अर्काइभ बाट)
  • हनुमानढोकास्थित पृथ्वीनारायण शयन कक्ष पुनःनिर्माण अन्तिम चरणमा

    काठमाडौँ / विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको पृथ्वीनारायण शाह शयन कक्ष पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । 

    images
    images

    पृथ्वीनारायण शाहले कान्तिपुर विजय गरेपछि हनुमानढोका दरबार क्षेत्रमा शयन कक्ष निर्माण भएको थियो ।

      विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त कक्ष पुनःनिर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । 

     कक्षको बाहिरी भागको पुनःनिर्माणका सबै काम सकेरभित्र साजसजावटका काममात्र बाँकी छ । 

    अड्डाले नै ठेक्का गरी रु दुई करोड ५८ लाख ४५ हजार ६२३ को लागतमा कक्ष पुनःनिर्माण भइरहेको इञ्जिनीयर रोशन डङ्गोलले जानकारी दिए । 

     विसं २०७७ जेठ ९ गते पुनःनिर्माण सुरु भएकामा २०७९ साल जेठ ८ गतेसम्म पुनःनिर्माणको अवधि बाँकी रहेको उनले सुनाए । अवधिअगावै काम सम्पन्न हुने जनाइएको छ । पचली भैरव एण्ड मनकामना निर्माण सेवाले यो सम्पदा पुनःनिर्माण काम गरिरहेको छ । 
     
    कक्षसँगै पृथ्वीनारायण शाहले नुवाकोटबाट कान्तिपुर विजयका लागि हिँड्नुअघि ल्याएको कँडेल भगवतीको मन्दिर पनि रहेको छ । 

     कान्तिपुर विजय भएमा भगवतीलाई यहीँ स्थापना गर्ने वाचासहित पृथ्वीनारायण शाहले भगवतीलाई ल्याउनुभएको इतिहासविद्को भनाइ रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका सङ्ग्रहालय अधिकृत जयनारायण कार्कीले जानकारी दिए ।
     
    भगवतीलाई अहिले पनि चैत महिनामा जात्राका लागि नुवाकोट लैजाने परम्परा छ । पहिले पैदल नै भगवतीको प्रतिमूर्ति जात्राका लागि नुवाकोट लैजाने गरिएकामा अहिले सवारीमार्फत लगिन्छ ।

      नुवाकोटबाट ल्याएर स्थापना गरिएकाले वर्षमा एकपटक चैतमा जात्राका लागि देवीलाई मूल थलोमा लैजाने गरिएको हो ।

    साताको लोकप्रीय