नविल बैंकले उद्यमशीलता विकासका लागि ल्यायो यस्ता कार्यक्रमहरु, सातै प्रदेशका यी कलेजहरुसँग सम्झौता [ तस्वीहरुसहित]

नविल बैंकले उद्यमशीलता विकासका लागि ल्यायो यस्ता कार्यक्रमहरु, सातै प्रदेशका यी कलेजहरुसँग सम्झौता [ तस्वीहरुसहित]

अर्थ डबली
शुक्रवार, मंसिर १० २०७८
अर्थ डबली
शुक्रवार, मंसिर १० २०७८ (अर्काइभ बाट)
  • नविल बैंकले उद्यमशीलता विकासका लागि ल्यायो यस्ता कार्यक्रमहरु, सातै प्रदेशका यी कलेजहरुसँग सम्झौता [ तस्वीहरुसहित]

    काठमाडौं/ नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रम (Nabil School of Social Entrepreneurship – Nabil SSE) शुरु गरेको छ । 

    images
    images

    समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने नविन सोचमा आधारित उद्यमलाई प्रबद्र्धन  गर्न यस्तो कार्यक्रम गरेको बैंकले जनाएको छ । कार्यक्रममार्फत आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि कार्यक्रम शुरु गरिएको जनाएको छ । 

    nabil bank.JPG

    स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सिप तथा वित्तिय सहयोग उपलब्ध गराई सामाजिक उद्यमको प्रबद्र्धन गर्ने उद्येश्यले NABIL SSE ले हाललाई सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रम र फेलोशिप कार्यक्रम  गरी दुई किसिमका कार्यक्रम तय गरेको छ । 

    शुरुवाती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैंकले सातै प्रदेशका निम्न स्कुल÷कलेज तथा विश्वबिद्यालयसँग सम्झौता गरेको छ ।


    प्रदेश स्कुल/ कलेज/ विश्वबिद्यालय


    - प्रदेश १  - महेन्द्र मोराङ आदर्श मल्टिपल क्याम्पस

    - प्रदेश २ - बिरगंज पब्लिक कलेज

    - बाग्मती प्रदेश -  काम्पिएन कलेज

    - गण्डकी प्रदेश - फ्याकल्टी अफ ह्युमानिटिज एन्ड सोसल साइन्स, पोखरा विश्वविघालय

    - लुम्बिनी प्रदेश - क्षितिज इन्टरनासनल कलेज

    - कर्णाली प्रदेश- सुर्खेत मोडल कलेज

    - सुदुर पश्चिमाञ्चल प्रदेश- सुदुर पश्चिमाञ्चल अकाडेमी
     

     

    कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेशमा एउटा विश्वविद्यालय वा कलेजसँग सहकार्य गरि वार्षिक ७ सय विद्यार्थीहरुलाई सामाजिक उद्यमी बन्ने अवसर श्रृजना गर्ने बैंकको दावी छ । 

    फेलोशीप कार्यक्रम आवासीय तालिममा आधारित हो, जुन काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको ब्यबस्थापन संकायको स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता बैंकले आजै गरेको  हो ।

    nabil bank -a.JPG

    एक वर्षसम्मको आवश्यक सहयोग सहित ४० सहभागिलाई संलग्न गराउने ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्ष भित्रका इच्छुक व्यक्तिलाई उद्यमको शुरुवात गर्न सक्षम बनाउने लक्ष्य लिएको छ । 

    कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्ड अनुसार निवेदन दिनुपर्ने हुन्छ । छनौटमा परेका व्यक्तिहरुले मात्र उद्यमशीलताको तालिम पाउनेछन् । तालिम अवधिमा बस्ने, खाने सुविधा उपलब्ध बैंकले गर्नेछ । 

    संभाव्य सामाजिक उद्यममा इच्छा भएका, सोच  बनाएका र आवश्यक मात्रामा आफ्नो लगानी गर्न तयार भएका व्यक्तिहरु यी दुबै मध्ये कुनै एक कार्यक्रममा सहभागी हुन सक्नेछन् । 

    ल्बदष् िक्क्भ् का दुबै कोर्स पुरा गरेको व्यक्ति उद्यमशीलताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडेल गर्दै बैंकबाट ऋण लिएर सामाजिक उद्यम शुरुवात गर्न सक्ने अपेक्षा लिइएको छ ।  

    उनीहरुलाई शिक्षा, स्वास्थ्य, पानी तथा सरसफाइ, कृषि, खाद्य, जीविकोपार्जन, उर्जा र जलवायु परिवर्तन जस्ता क्षेत्रहरुमा लगानी गरी सामाजिक उद्यमशीलता विकास गर्न सक्नेछन् । सहभागिहरुले सामाजिक उद्यम संचालनको तरिका संगै आधारभूत कानूनी तथा कर सम्बन्धीका ज्ञान पनि पाउँनेछन् ।

    उनीहरुले सामाजिक समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक संजालमार्फत आफ्नो व्यवसाय प्रबद्र्धन, लेखा सम्बन्धी ज्ञान, आवश्यक  योजना तथा बजेट व्यवस्थापन जस्ता व्यवसाय संचालनका आधारभूत कुराहरुको समेत व्यवहारिक ज्ञान र सीप पाउनेछन् । 

    लघु वित्त, संस्था व्यवस्थापन, परियोजना संचालन तथा व्यवस्थापन, प्रस्तुति कला, आफ्ना वस्तु तथा सेवाको बजारिकरण जस्ता विषयलाई समेत तालिममा समावेश गरिएको छ । 

    यसले गर्दा यो तालिम व्यवसाय शुरुवात तथा संचालनमा मात्र सिमित नभएर उद्यमीको व्यक्तित्व, नेतृत्व र विविध सीप विकाससंग समेत जोडिएको छ । 

    nabil bank anil shaha.JPG

    यसरी व्यवसाय संचालनका लागि आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञानका साथै कर्जाका लागि समेत सहयोग गरिने भएकाले यो कार्यक्रमले नयाँ उद्यमीलाई सफल र सक्षम बनाउन रचनात्मक सहयोग पुग्ने छ । 

    नेपालको संविधानले परिकल्पना गरेको हरेक नागरिकको आर्थिक, सामाजिक र समावेशी विकासको भावनालाई प्रबद्र्धन गर्न यो कार्यक्रमले निजि, सार्वजनिक, शैक्षिक संस्था र समुदायवीचको रचनात्मक सामूहिकतालाई प्रबद्र्धन गर्ने  प्रयास गरेको छ । 

    दिगो विकास लक्ष्य, नेपालको पन्ध्रौं आवधिक योजना लगायतका दस्तावेजले समेत प्राथमिकतामा राखेको समावेशी विकासलाई साकार पार्न यस्ता  कार्यक्रमले सहयोग पुग्ने छ । यो कार्यक्रम पूर्ण व्यवसायिक चक्रको प्याकेज भएकाले सामाजिक उद्यमका लागि अवधारणा निर्माण गर्ने, त्यसलाई लगानीयोग्य बनाउने तथा साना भन्दा साना शिप र रोजगारी गरि जीवन निर्वाह गरिरहेकाहरुलाई पनि उद्यमी बनाउन एक नयाँ शुरुवात हुने छ ।  

     

    साताको लोकप्रीय