भक्तपुर–थिमि १३२ केभी भूमिगत प्रसारण लाइन विस्तार हुने

भक्तपुर–थिमि १३२ केभी भूमिगत प्रसारण लाइन विस्तार हुने

अर्थ डबली
शनिवार, मंसिर ११ २०७८
अर्थ डबली
शनिवार, मंसिर ११ २०७८ (अर्काइभ बाट)
  • भक्तपुर–थिमि १३२ केभी भूमिगत प्रसारण लाइन विस्तार हुने

    भक्तपुर / भक्तपुर नगरपालिकादेखि मध्यपुरथिमिसम्म १३२ केभीको विद्युत् प्रशारण लाइन भूमिगत गरिने भएको छ । 

    images
    images

    प्रशारण लाइन भूमिगत गर्ने भएपछि आज नगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यक्रममा  जानकारी गराएको हो । 
     
    वातावरण तथा सामाजिक अध्ययन विभागका प्रबन्धक मिलन दाहालले भक्तपुर—थिमि १३२ केभी भूमिगत प्रसारण लाइन आयोजनाको वातावरणीय अध्ययनबारे कार्यपत्र प्रस्तुत गर्दै वातावरणीय अध्ययन नहुँदा आयोजना कार्यान्वयनमा समस्या देखिने बताए । 

    आयोजनाका इञ्जिनीयर विनोद मानन्धरले आयोजनाको परिचय, मुख्य विशेषता, विद्यमान वातावरणीय अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्दै प्रशारण लाइन भूमिगत गर्ने क्रममा कसैबाट अनावश्यक विवाद आउन नहुने बताए । 

    नगरप्रमुख प्रजापतिले आयोजना सफल कार्यान्वयनको लागि विभिन्न निकायसँग समन्वय आवश्यक रहेको औँल्याए । 

    साताको लोकप्रीय