रेडपाण्डा संरक्षणमा स्थानीय तह जुटे

रेडपाण्डा संरक्षणमा स्थानीय तह जुटे

अर्थ डबली
शनिवार, मंसिर ११ २०७८
अर्थ डबली
शनिवार, मंसिर ११ २०७८ (अर्काइभ बाट)
  • रेडपाण्डा संरक्षणमा स्थानीय तह जुटे

    जुम्ला / जुम्लाका स्थानीय तह रेडपाण्डा संरक्षणमा जुटेका छन् । दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणका लागि गैरसरकारी संस्था कर्णाली हातेमालो सेवा समाज जुम्ला र यहाँको सिंजा, तातोपानी र पातारासी गाउँपालिका रेडपाण्डा संरक्षणको लागि जुटेको कर्णाली हातेमालो सेवा समाज जुम्लाका कार्यकारी निर्देशक टेकबहादुर रावतले बताए । 

    images
    images

    उनले रेडपाण्डाको संरक्षणका लागि स्थानीय तहसँग सहकार्य र समन्वयमा काम सञ्चालन भएको बताए । 

    वन्यजन्तु संरक्षण ऐन २०२९ मा कुनै पनि व्यक्तिले नियन्त्रणमा राखेको वा मारेखण्डमा वा ओसारपसार गरेको पाइएमा १ देखि १० वर्षसम्म कैद वा एकदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने गरेको छ । 

    यद्यपि रेण्डपाण्डा संरक्षण जुम्लामा चुनौतीपूर्ण बन्दै गएको छ । बासस्थान विनास, खण्डीकरण, चोरी शिकारीका कारण संरक्षित क्षेत्रमै सङ्ख्या कम हुनु यसका प्रमुख चुनौती रहेको कार्यकारी निर्देशक रावतले बताए । 

    रेडपाण्डाको संरक्षण र चोरी शिकारीमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको रेडपाण्डा संरक्षक दिनेश घलेले बताए । 

    यसको संरक्षणका लागि सामुदायिक वनका पदाधिकारीलाई सचेतना दिने काम भइरहेको छ । चोरी शिकारीसँगै लेकाली गोठमा पालिने कुकुरको आक्रमणले पनि रेडपाण्डा असुरक्षित हुने गरेको रेडपाण्डा संरक्षक घलेले बताए । 

    उच्च पहाडी क्षेत्रका वन क्षेत्रमा पाइने रेडपाण्डाको आयु आठ देखि १० वर्षसम्म हुने गरेको छ । पुस र फागुनमा भाले लाग्ने र जेठदेखि साउनसम्म गर्भाधान हुने महिनाको रुपमा लिइन्छ ।

    रेडपाण्डालाई पर्यटन प्रवद्र्धन गर्न र अध्ययन अनुसन्धान गर्न महत्वपूर्ण वन्यजन्तु मानिएकाले यसको संरक्षणमा स्थानीय सरकार लागि परेको यहाँका स्थानीय तहका प्रमुख बताउँछन् । 

    साताको लोकप्रीय