स्पेनिस ला लिगा : बिल्बाओ र ग्रानाडाको बराबरी

स्पेनिस ला लिगा : बिल्बाओ र ग्रानाडाको बराबरी

अर्थ डबली
शनिवार, मंसिर ११ २०७८
अर्थ डबली
शनिवार, मंसिर ११ २०७८ (अर्काइभ बाट)
  • स्पेनिस ला लिगा : बिल्बाओ र ग्रानाडाको बराबरी

    स्पेनिस ला लिगामा एथलेटिक बिल्बाओ र ग्रानाडाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलम बिल्बाओले सुरुवाती अग्रता लिएको थियो । १०औं मिनेटमा राउल गार्सियाले गोल गर्दै घरेलु टोलीको उत्साह जगाए ।

    images
    images

    राउलले इकर मुनियनको पासमा गोल गरेका थिए । बिल्बाओको अग्रतापछि जोसिएको ग्रानाडाले २५औं मिनेटमा बराबरी गोल फर्कायो । डार्विन माचिसले जर्ज मोलिनाको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । ३४औं मिनेटमा जर्ज मोलिनाले गोल गर्दै ग्रानाडालाई २–१ को अग्रता दिलाए ।

    त्यसपछि ७६औं मिनेटमा बिल्बाओले ग्रानाडाको आत्मघाती गोल सहयोगमा खेल बराबरीमा सकेको थियो । बल रोक्ने क्रममा ग्रानाडाका गोलरक्षक लुइस म्याक्सिमियानोको प्रहार आफ्नै पोस्टमा छिरेको थियो ।

    ६३ प्रतिशत बल पोसेसन राखेपनि बिल्बाओले दोस्रो हाफमा थप गोल गर्न सकेन । दोस्रो हाफको इन्जुरी समयमा इनिगो मार्टिनेज रातो कार्ड पाउँदै बाहिरिएपछि बिल्बाओले १० खेलाडीमा खेल सकेको थियो । ग्रानाडाका जर्ज मोलिना ‘म्यान अफ दी म्याच’ भए ।

    बराबरीसँगै १४ खेल सकेको बिल्बाओ २० अंक सहित आठौं स्थानमा छ । समान खेलबाट १२ अंक बनाएको ग्रानाडा १६औं स्थानमा छ । लिगको शीर्षस्थानमा रहेको रियल म्याड्रिडको १३ खेलबाट ३० अंक छ । दोस्रो स्थानमा रहेको रियल सोसिडाडको २९ र तेस्रो स्थानमा रहेको सेभियाको २८ अंक छ ।

    विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ ।

    ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

    त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।
    एजेन्सी । म्याड्रिड

    साताको लोकप्रीय