आगामी तीन दिनको मौसम : कुन कुन प्रदेशमा होला हिमपात र बर्षाको सम्भावना ? 

आगामी तीन दिनको मौसम : कुन कुन प्रदेशमा होला हिमपात र बर्षाको सम्भावना ? 

अर्थ डबली
आइतवार, मंसिर १२ २०७८
अर्थ डबली
आइतवार, मंसिर १२ २०७८ (अर्काइभ बाट)
  • आगामी तीन दिनको मौसम : कुन कुन प्रदेशमा होला हिमपात र बर्षाको सम्भावना ? 

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भूभागमा ब़ंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

    images
    images

    देशका पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

     आगामी तीन दिनको मौसम पूर्वानुमान

    मंसिर १२ गते (आईतबार) 

    दिउँसो : देशका पहाडी भूभागहरुमा  आँशिक देखी सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    राती : देशको पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    १३ गते (सोमबार) 

    दिउँसो : प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भूभागहरुमा  आँशिक देखी सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    राती : देशको पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ गण्डकी प्रदेशको उच्च हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    मंसिर १४ गते (मंगलबार) 

    दिउँसो : देशका अधिकांश भूभागहरुमा आँशिक बदली रहने । गण्डकी प्रदेशको एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

    राती स्  सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बाँकी भूभागमा आशिंक बदली  रहने छ । सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श 
    प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको र  देशभर चिसो वढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    साताको लोकप्रीय