स्पेनिस ला लिगा : बार्सिलोनाको सानदार जित

स्पेनिस ला लिगा : बार्सिलोनाको सानदार जित

अर्थ डबली
आइतवार, मंसिर १२ २०७८
अर्थ डबली
आइतवार, मंसिर १२ २०७८ (अर्काइभ बाट)
  • स्पेनिस ला लिगा : बार्सिलोनाको सानदार जित

    म्याड्रिड / स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियलमाथि सानदार जित निकालेको छ । 

    images
    images

    शनिबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई उसैको मैदानमा ३–१ गोलले हरायो ।

    बार्सिलोनाको जितमा फ्रान्की डि जोङ, मेम्फिस डिपाए र फिलिप कोउटिन्होले गोल गरे । भिल्लारियलका स्यामुइल चुक्वेजीले एक गोल फर्काए । 

    पहिलो हाफ गोलरहित सकिएको खेलमा बार्सिलोनाले ४८औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो ।

    ४८औं मिनेटमा डि जोङले गोल गर्दै पाहुना टोलीको उत्साह जगाए । त्यसपछि ७६औं मिनेटमा स्यामुइलले अर्नाउट डानजुमाको पासमा गोल गर्दै भिल्लारियललाई खेलमा फर्काउने प्रयास गरे ।

    भिल्लारियलको बराबरी गोलपछि जोसिएको बार्सिलोनाले ८८औं मिनेटमा पुनः अग्रता लियो । 

    डिपाएले भिल्लारियलको रक्षकको गल्तीमा गोल गर्दै बार्सिलोनालाई अगाडी बढाए । इन्जुरी समयमा कोउटिन्होले पेनाल्टी गोल गर्दै बार्सिलोनालाई सजिलै जिताए ।

    भिल्लारियलका जुआन फोयथले डिबक्सभित्र फल खेलेपछि बार्सिलोनाले पेनाल्टीको मौका पाएको थियो । ५० प्रतिशत बल पोसेसन राखेपनि भिल्लारियलले बार्सिलोनाको रक्षापंक्ति तोड्न सकेन । बार्सिलोनाका मेम्फिस डिपाए ‘म्यान अफ दी म्याच’ भए ।

    जितसँगै १४ खेलबाट २३ अंक बनाएको बार्सिलोना सातौं स्थानमा छ । पराजित भिल्लारियल १६ अंक सहित १२औं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको १३ खेलबाट ३० अंक पुगेको छ । 

    दोस्रो स्थानमा रहेको रियल सोसिडाडको २९ र तेस्रो स्थानमा रहेको सेभियाको २८ अंक छ ।

    शनिबार रानिनै भएको अन्य खेलमा सेल्टाभिगोले डिर्पोटिभो अलाभेसलाई २–१ गोलले पराजित गरेको छ । भ्यालेन्सिया र रायोभालेकानोले १–१ तथा मालोर्का र गेटाफेले गोलरहित बरबरी खेल्दै अंक बाडेको छ ।

    विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ ।

    ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

    त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

    साताको लोकप्रीय