हनुमानढोका दरबार क्षेत्र : बढ्यो विदेशी पर्यटक आवागमन

हनुमानढोका दरबार क्षेत्र : बढ्यो विदेशी पर्यटक आवागमन

अर्थ डबली
सोमवार, मंसिर १३ २०७८
अर्थ डबली
सोमवार, मंसिर १३ २०७८ (अर्काइभ बाट)
  • हनुमानढोका दरबार क्षेत्र : बढ्यो विदेशी पर्यटक आवागमन

    विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रमा पर्यटकको आवागमनले बढेको चहलपहल । 

    images
    images

     

    tourist-b.JPG

    tiourist-a.JPG

    तस्बिर : पूर्णप्रसाद मिश्र

    थप समाचार : 


    पाँच महिनाअघिदेखि रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माण अलपत्र

    ललितपुर /बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माणको काम पाँँच महिनाअघिदेखि अघि बढेको छैन ।

    मन्दिर निर्माणमा आवश्यक कच्चापदार्थ जोहो गर्दागर्दै गत साउनदेखि आजसम्म एक पनि इँटा थप्ने काम भएको छैन ।मच्छिन्द्रनाथ पुनःनिर्माणमा लाग्ने करिब १४ हजार डाँछी इँटा बनाउन दिइरहेकाले पुसको पहिलो हप्ताबाट मन्दिरको काम थालिने मन्दिर उपभोक्ता समितिका अध्यक्ष अमिर शाक्यले बताए ।

     उनले भने, “मन्दिरका लागि चाहिने झ्याल, तोरण तथा काठ र बुट्टाहालेका इँटा आदि विभिन्न सामग्री व्यवस्थापनमा समय खर्च भइरहेको छ, समितिका सदस्यलाई सामग्री जोहो गर्ने काममा एक दिन पनि फुर्सद छैन, तर यसअघि साउनमा गरिएको २० फिट गारो लगाउने काम पनि अघि बढेको छैन ।” 

    मन्दिरमा प्रयोग गरिने एक प्रकारको १७६ इँटा तयार भइरहेको शाक्यको भनाइ छ । “मच्छिन्द्रनाथको मन्दिर वरिपरि अन्य आठ मन्दिर निर्माण गर्नुपर्ने हुँदा यसका लागि सामग्री भने जोहो गरिसकेका छौँ”, उनले थपे, “हामीले मन्दिरमा प्रयोग गरिने इँटामा लेउ नलागोस भनेर रसायन आदि हालेर निर्माण गराइरहेका छाँै ।” अब मन्दिर पुनःनिर्माणको काम अघि बढाएपछि एकै पटक सम्पन्न हुने शाक्यको भनाइ छ ।

    बुङ्मति क्षेत्रमा तीन नाम चलेका धरोहर मच्छिन्द्रनाथका साथै मनकामनामाई र ह्यङ्ग्री वभैरवमार दुई निर्माण सम्पन्न भइसक्दा मच्छिन्द्रनाथको काम अझै अलपत्र रहँदा अन्तरराष्ट्रियस्तरमा लज्जाको विषय बनिरहेको मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ३२ पानेजु सङ्का अध्यक्ष यज्ञरत्न शाक्यले बताए ।

      उनले भने, “कोही कसैले त बुङ्मति आएर हामी पूजारीलाई मन्दिर निर्माणअघि बढाउन चन्दा लिनुहोस्समेत भनेर जाने गरेका छन्, तर हामी पूजारीले दाताबाट रकम लिएर बनाउन मिल्दैनौँ ।” 

    मुलुकमा कोरोना महामारी नियन्त्रण भएर स्वदेशीका साथै विदेशी पर्यटक बुङ्मति घुम्न आउँदा मन्दिरका विषयमा आफूलाई प्रश्न गर्ने गरेको र लाजले उत्तरसमेत दिन नसकिरहेको स्थानीयवासीको भनाइ छ । विसं २०७२ को गोरखा भूकम्पमा सो मन्दिर जीर्ण भएको थियो ।

    मन्दिर पूरै पुनःनिर्माण सम्पन्न गर्न ६४ फिट चार इन्चको गारो लगाउनुपर्ने हुँदा हालमात्रै २० फिट माथि गारो लगाउने काम भएको समितिले जानकारी गराएको छ । 

     छ वर्षअघिको भूकम्पमा मन्दिर पर्दा श्रीलङ्का सरकारको रु पाँच करोड आर्थिक सहयोगमा मन्दिर पुनःनिर्माण गर्ने भनिएको थियो । 

     मन्दिर पुनःनिर्माणमा कसैबाट चासो नदिइएपछि गत वर्ष असार २० गते क्षमापूजा गरी २२ गतेबाट समिति र पुरातत्व विभागबीच रु तीन करोड आठ लाखमा सम्झौता भई काम अघि बढेको थियो । 

    लगभग एक हजार ५०० वर्षअघि शिखरशैलीमा निर्माण भएको सो मन्दिर यहीवर्ष २०७८ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भएको हुँदा अझै कति समय लाग्ने हो टुङ्गो लागेको छैन । 

     लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा अन्न अनि वर्षा तथा सहकाल अनेकौँ नामले पुकारिने रातो मच्छिन्द्रनाथको मुलुक प्रवेशले सहकाल भएको मच्छिन्द्रनाथ गुठीका मूलपूजारी कमलराज बज्राचार्यले बताए । 

    मुलुकमा मच्छिन्द्रनाथले सबैै जगतको लोककल्याण गरेको स्मरणमा प्रत्येक वर्ष कृष्ण प्रतिपदादेखि रथजात्रा गर्ने परम्परा रहि आएको छ ।

      हालमन्दिर निर्माणाधीन अवस्थामा रहँदा ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई बुङ्मतिको एक पाटीमा राखिएर नित्य पूजाआजा अनि रेखदेख गरिरहेको पूजारी हेम बज्राचार्यले बताए । 

    पाटनको ठूलो उत्सवका रुपमा हिन्दूलगायत बौद्ध धर्मावलम्बी दुवैले मनाउने रातो मच्छिन्द्रनाथको रथयात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा लामो पर्व मानिन्छ ।

      रातो मच्छिन्द्रनाथ मन्दिरमा प्रयोग गरिने १६ इँटाको झ्याल निर्माणसमेत जारी छ । सो इँटा फुट्ने र पुनःनिर्माण समेत गरिरहनु पर्दा सुकाउन र जोहो गर्नै समय लागिरहेकाले मन्दिर पुनःनिर्माण सम्पन्न गर्न अझै डेढदेखि दुई वर्ष लाग्ने अनुमान गरिएको समितिका उपाध्यक्ष निकराज शाक्यले बताउनुभयो । 

    उनले भने, “हामीले मन्दिर पुनःनिर्माणमा १३ देखि एक हजार ४०० वर्ष पुराना मेथ अनिकार्नेशलगायतका बस्तु पनि प्रयोग गरिरहेका छौँ ।”

    – सुभानु आचार्य

    साताको लोकप्रीय