स्पेनिस ला लिगा : ओसासुना र इल्चेको बराबरी 

स्पेनिस ला लिगा : ओसासुना र इल्चेको बराबरी 

अर्थ डबली
मंगलवार, मंसिर १४ २०७८
अर्थ डबली
मंगलवार, मंसिर १४ २०७८ (अर्काइभ बाट)
  • स्पेनिस ला लिगा : ओसासुना र इल्चेको बराबरी 

    म्याड्रिड / स्पेनिस ला लिगाको मध्यम टोली ओसासुनाले रेलिगेसन जोगाउन प्रयासरत इल्चेसँग बराबरी खेल्दै अंक बाँडेको छ । 

    images
    images

    घरेलु मैदानमा सोमबार राति भएको खेलमा ओसासुना इच्लेसँग १–१ गोलको बराबरीमा रोकिएको हो । 

    ओसासुनाका लागि एन्टे बुडिमिरले गोल गरे । इल्चेका फिडेलले बराबरी गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक खेलको सातौं मिनेटमै ओसासुनाले पेनाल्टीमार्फत सुरुवाती अग्रता लिएको थियो । डिबक्सभित्र इल्चेका फिडेलले फल गरेपछि प्राप्त पेनाल्टीलाई एन्टेले सदुपयोग गरे । 

    त्यसपछि इल्चेले १९औं मिनेटमा बराबरी गोल फर्कायो । फिडेलले टेले मोरेन्टेको कर्नर पासमा हेडगोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काएका थिए । ५० प्रतिशत बल पोसेसन राखेको दुवै टोलीले दोस्रो हाफमा थप गोल गर्न नसक्दा बराबरीमा चित्त बुझाए । ओसासुनाका सर्जियो हेरेरा ‘म्यान अफ दी म्याच’ भए । 

    बराबरीसँगै १५ खेलबाट २० अंक बनाएको ओसासुना १०औं स्थानमा छ । समान खेलबाट १२ अंक बनाएको इल्चे १७औं स्थानमा छ ।

    यही बराबरीले इल्चेले रेलिगेसन रेखा छलेको हो । लिगको शीर्षस्थानमा रहेको रियल म्याड्रिडको १४ खेलबाट ३३ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको साविक विजेता एट्लेटिको म्याड्रिड र तेस्रो स्थानमा रहेको रियल सोसिडाडको समान २९ अंक छ । 

    विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । 

    ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भइरहेको छ । 

    त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो)मार्फत उपलब्ध छ । 

    साताको लोकप्रीय