देशमा पश्चिमी वायुसँगै चापीय प्रणालीहरूको प्रभाव : आगामी तीन दिनसम्म यी क्षेत्रमा बर्षा र हिमपात 

देशमा पश्चिमी वायुसँगै चापीय प्रणालीहरूको प्रभाव : आगामी तीन दिनसम्म यी क्षेत्रमा बर्षा र हिमपात 

अर्थ डबली
बुधवार, मंसिर १५ २०७८
अर्थ डबली
बुधवार, मंसिर १५ २०७८ (अर्काइभ बाट)
  • देशमा पश्चिमी वायुसँगै चापीय प्रणालीहरूको प्रभाव : आगामी तीन दिनसम्म यी क्षेत्रमा बर्षा र हिमपात 

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली  रहेको छ।  

    images
    images

    देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरव सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान 

     २०७८ मंसिर १५ गते (बुधबार)

    दिउँसो : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भूभागको थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

    राती : सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भूभागको थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात सम्भावना रहेको छ।

    २०७८ मंसिर १६ गते (बिहीबार) 

    दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भूभागको धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपात सम्भावना रहेको छ।

    राती : देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ।सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भूभागको धेरै स्थानहरुममा मध्यम देखि भारी हिमपात सम्भावना रहेको छ।

     २०७८ मंसिर १५ गते (शुक्रबार)

    दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। पहाडी  भूभागको धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र देशको उच्च पहाडी र हिमाली भूभागको धेरै स्थानहरुममा मध्यम देखि भारी हिमपातको सम्भावना रहेको छ।

    राती :  देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ।कर्णाली, गण्डकी, लुम्बिनी, बागमती र प्रदेश १ को पहाडी भूभागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भूभागको धेरै स्थानहरुममा मध्यम देखि भारी हिमपात सम्भावना रहेको छ।

    आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श 

    सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भूभागको थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात सम्भावना रहेको र  देशभर चिसो वढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाई र यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कत रहन मौसमविद्को आग्रह छ । 
     

    साताको लोकप्रीय