आगामी तीन दिनको मौसम पूर्वानुमान : कुन कुन प्रदेशमा छ बर्षा र हिमपातको सम्भावना ? 

आगामी तीन दिनको मौसम पूर्वानुमान : कुन कुन प्रदेशमा छ बर्षा र हिमपातको सम्भावना ? 

अर्थ डबली
शुक्रवार, मंसिर १७ २०७८
अर्थ डबली
शुक्रवार, मंसिर १७ २०७८ (अर्काइभ बाट)
  • आगामी तीन दिनको मौसम पूर्वानुमान : कुन कुन प्रदेशमा छ बर्षा र हिमपातको सम्भावना ? 

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

    images
    images

    हाल मौसमको अवस्था 

    सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमति  प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू(भागमा आंशिक देखि सामान्य बदली  रहेको छ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान

    २०७८ मंसिर १७ गते (शुक्रबार)

    दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशको उच्च पहाडी र हिमाली भूभागको धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपातको सम्भावना रहेको छ। 

    राती : कर्णाली,  गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली  रहनेछ। कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी र हिमाली भू(भागको केही स्थानहरूमा  हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

    २०७८ मंसिर १८ गते (शनिबार)

    दिउँसो : प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ का पहाडी भू(भागका एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

    राती : प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ का पहाडी भू(भागका एक(दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

    २०७८ मंसिर १९ गते (आईतबार)

    दिउँसो : सुदूर पश्चिम र  कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम र  कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

    राती : सुदूर पश्चिम र  कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम र  कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

    आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श 
    सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भूभागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपात सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाई र यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

     

    साताको लोकप्रीय