जवाद चक्रवातको असर नेपालमा : कुन क्षेत्रमा कस्तो असर पर्ला ? सतर्क रहन मौसमविदको आग्रह 

जवाद चक्रवातको असर नेपालमा : कुन क्षेत्रमा कस्तो असर पर्ला ? सतर्क रहन मौसमविदको आग्रह 

अर्थ डबली
शनिवार, मंसिर १८ २०७८
अर्थ डबली
शनिवार, मंसिर १८ २०७८ (अर्काइभ बाट)
  • जवाद चक्रवातको असर नेपालमा : कुन क्षेत्रमा कस्तो असर पर्ला ? सतर्क रहन मौसमविदको आग्रह 

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको मध्य पश्चिम भुभागमा हिजो शुक्रबार जवाद नामको सामुन्द्रिक चक्रवात बनेको छ। 

    images
    images

    सो चक्रवात आज विहान ओडिसाको तटिय क्षेत्रमा पुग्ने  र तत्पश्चात उत्तर उत्तर पुर्व तर्फ सर्ने देखिएको मौसमविद्ले जनाएको छ।

    सो चक्रवातका कारण नेपालमा खासै ठुलो प्रभाव पर्ने संभावना नरहेता पनि यसको अप्रत्यक्ष प्रभावले आज रातीबाट प्रदेश नं १ , प्रदेश नं २ र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली भई सो प्रदेशका उच्च पहाडी तथा हिमाली भुभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ भने सो प्रदेशका एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

    आउँदो सोमबार बाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने देखिन्छ । भोलि आइतबार बाट पुनः अर्को पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने सम्भावना देखिएको छ। 

    सो पश्चिमी न्यून चापिय प्रणालिको प्रभावले आईतबार देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली भई केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र सो प्रदेशहरुको उच्च पहाडी तथा हिमाली भू(भागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। 

    सोमबार सो प्रणाली ले देशभर प्रभाव पारी केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू(भागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

    आईतबार राती र सोमबार दिउसो सो प्रणालीका कारण सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागहरुका एक/दुई स्थानहरूमा भारी हिमपातको समेत संभावना रहेको छ।सो प्रणाली सोमवार राती बाट कमजोर बन्दै जाने संभावना रहेको छ।

    यी मौसमी प्रणालीहरुका कारण पर्वतारोहण, हवाई र यातायत लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेको छ । 

    साताको लोकप्रीय