सेयर बजारमा भारी गिरावट, बजार घट्ने क्रम किन रोकिएन ?

सेयर बजारमा भारी गिरावट, बजार घट्ने क्रम किन रोकिएन ?

अर्थ डबली
आइतवार, मंसिर १९ २०७८
अर्थ डबली
आइतवार, मंसिर १९ २०७८ (अर्काइभ बाट)
  • सेयर बजारमा भारी गिरावट, बजार घट्ने क्रम किन रोकिएन ?

    काठमाडौं / साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएको छ।  कारोबार सुरू भएदेखि नै ओरालो लाग्न थालेको नेप्से परिसूचक आज समग्रमा २.९० प्रतिशतले घट्यो । 
     
    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज चार अर्ब नौ करोड सात लाख ६५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। आज कारोबारमा आएका २२६ कम्पनीका ८९ लाख २० हजार ८९४ कित्ता सेयर किनबेच भएका छन्।

    images
    images

    यस दिन ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १४.१५ अंकले घटेर ४७३.३७ विन्दुमा ओर्लिएको छ।

    आइतबार कारोबारमा आएका सबै समूहका सूचकहरु ओरालो लागेका छन् । आज सबैभन्दा धेरै विकास बैंकका लगानीकर्ता र फाइनान्स कम्पनी समूहको सेयर मूल्य ओरालो लागेको छ। यस समूहहरुको सेयर मूल्य क्रमशः ४.५४ प्रतिशत र ४.२९ प्रतिशतले घटेको छ।

    आज कारोबारमा आएका १२ कम्पनीबाहेक सबै कम्पनीको सेयर मूल्य ओरालो लागेको छ। 

    समग्र नेप्सेमा भारी गिरावट आएको दिन आज न्यादी जलविद्युत् कम्पनीको कारोबारमा भने सकारात्मक सर्किट लागेको छ।

     आज सबैभन्दा धेरै आईसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले आफ्नो सेयर मूल्य गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले यस दिन ८.३२ प्रतिशतले गुमाएका छन्।

    आज २८ करोड रुपैयाँभन्दा बढीसहित खरिद-बिक्री रकममा नेसनल हाइड्रोपावर अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिस्टिलरी र नेपाल टेलिकम रहेका छन्।

    आज न्यादी हाइड्रोपावर लिमिटेडको सेयर लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दै प्रतिकित्ता ४५४ रुपैयाँ पुगेपछि लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका हुन् । यस्तै, आज आईसीएफसी फाइनान्सको सेयर मूल्य सबैभन्दा बढी प्रतिकित्ता ८ प्रतिशतले घटेको छ ।

     

    साताको लोकप्रीय