पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव : आगामी बुधबारसम्म कुन कुन प्रदेशमा होला बर्षा र हिमपातको सम्भावना ? 

पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव : आगामी बुधबारसम्म कुन कुन प्रदेशमा होला बर्षा र हिमपातको सम्भावना ? 

अर्थ डबली
सोमवार, मंसिर २० २०७८
अर्थ डबली
सोमवार, मंसिर २० २०७८ (अर्काइभ बाट)
  • पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव : आगामी बुधबारसम्म कुन कुन प्रदेशमा होला बर्षा र हिमपातको सम्भावना ? 

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

    images
    images

    देशको सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।  
     

    आगामी तीन दिनको मौसम पूर्वानुमान

    २०७८ मंसिर २० गते (सोमबार)

    दिउँसो : सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही वाँकी प्रदेशमा आंशिक बदली रहनेछ।सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।साथै ति प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागहरूका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

    राती : देशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रही वाँकि भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा प्रदेश १, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भुभागको केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
     

    २०७८ मंसिर २१ गते (मंगलबार)

    दिउँसो स् प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भुभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।साथै प्रदेश नं १ र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

     
    रातीः प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

     २०७८ मंसिर २२ गते (बुधबार)

    दिउँसो : प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भुभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

    रातीः प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

    आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श 

    सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।साथै ति प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागहरूका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

    देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाईरयातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    साताको लोकप्रीय