स्पेनिस ला लिगा : रायो भालेकानो र भ्यालेन्सियालाई सफलता

स्पेनिस ला लिगा : रायो भालेकानो र भ्यालेन्सियालाई सफलता

अर्थ डबली
सोमवार, मंसिर २० २०७८
अर्थ डबली
सोमवार, मंसिर २० २०७८ (अर्काइभ बाट)
  • स्पेनिस ला लिगा : रायो भालेकानो र भ्यालेन्सियालाई सफलता

    म्याड्रिड / रायो भालेकानो र भ्यालेन्सियाले स्पेनिस ला लिगामा सफलता हात पारेका छन् । घरेलु मैदानमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा रायो भालेकानोले स्पान्योललाई १–० गोलले हरायो । भ्यालेन्सियाले सेल्टा भिगोलाई उसैको मैदानमा २–१ गोलले स्तब्ध बनायो ।

    images
    images

    रायो भालेकानोले आत्मघाती गोल सहयोगमा बाजी मारेको हो । ५४औं मिनेटमा डिबक्स भित्र बल बचाउने क्रममा स्पान्योलका लियन्ड्रो काबरेराको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो ।

    त्यसपछि दुवै टोलीबाट थप गोल नहुँदा रायो भालेकानो विजयी भयो । ५० प्रतिशत बल पोसेसन राखेका दुवै टोलीले गोल गर्ने राम्रा अवसर गुमाएका थिए । रायो भालेकानोका अल्भारो गार्सिया ‘म्यान अफ दी म्याच’ भए ।

    जितसँगै १६ खेलबाट २७ अंक बनाएको रायो भालेकानो छैटौं स्थानमा उक्लिएको छ । पराजित स्पान्योल २० अंक सहित ११औं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ३९ अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ३१ र तेस्रो स्थानमा रियल बेटिसको ३० अंक छ ।

    यसैगरी भ्यालेन्सियाको जितमा हुगो डुरोले १९औं र म्याक्सिमिलियनो गोमेजले ५३औं मिनेटमा गोल गरे । सेल्टा भिगोका इगो आसपासले ११औं मिनेटमा सुरुवाती गोल गरेपनि टोलीको हार जोगिएन । जितसँगै २२ अंक बनाएको भ्यालेन्सिया आठौं स्थानमा छ । पराजित सेल्टा भिगो १६ अंक सहित १४औं स्थानमा छ ।

    रेलिगेसन जोगाउन प्रयासरत इल्चे र काडिजबीचको खेलमा इल्चेले बाजी मारेको छ । घरेलु मैदानमा इल्चेले काडिजलाई ३–१ गोलले हरायो । जितसँगै १५ अंक बनाएको इल्चे रेलिगेसन छल्दै १६औं स्थानमा उक्लिएको छ । पराजित काडिज १२ सहित १८औं स्थानमा छ । अर्को खेलमा लिभान्ते र ओसासुनाले गोलरहित बरबरी खेल्दै अंक बाँडेका छन् ।  

    विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।

    ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

    त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

     

    साताको लोकप्रीय