गहना कसरी सुरक्षित राख्ने ? गहना सधैँ नयाँ राख्नको लागि यसो गर्नुहोस्

गहना कसरी सुरक्षित राख्ने ? गहना सधैँ नयाँ राख्नको लागि यसो गर्नुहोस्

अर्थ डबली
सोमवार, मंसिर २० २०७८
अर्थ डबली
सोमवार, मंसिर २० २०७८ (अर्काइभ बाट)
  • गहना कसरी सुरक्षित राख्ने ? गहना सधैँ नयाँ राख्नको लागि यसो गर्नुहोस्

    गहनाको प्रयोग मानव समाजमा परापूर्व कालदेखि भएको पाइन्छ । मानिसको बाहिरी सौन्दर्य कायम राख्न गहनालाई निकै महत्त्वका साथ हेरिन्छ । पुरुषको तुनलामा महिलाहरूले गहनाको प्रयोग बढी गर्छन् । विशेषगरी गरगहना धार्मिक सांस्कृतिक कार्यक्रममा प्रयोग गरिन्छ । मंसिर महिना विशेषगरी विवाहको सिजन भएकोले यस मौसममा अन्य मौसमको तुलनामा गहनाको प्रयोग बढी हुने गर्दछ । गहना निकै महङ्गो हुने भएकोले यो सधैँ नयाँ किनिरहन पनि सम्भव हुँदैन । यसर्थ गहनालाई सधैँ सुरक्षित राख्न आवश्यक छ । गहना धेरै समयसम्म प्रयोग गर्दा अथवा पुरानो हुँदा फोहोर तथा नराम्रो देखिन सक्छ । गहनाको चमक कायम राख्न सुरक्षितसँग भण्डारण गर्नुपर्छ । धूलो, धूँवा र अन्य धातुहरूको सम्पर्कले पनि गहना मैलो हुन सक्छ । राम्रो हेरचाह गरी सुरक्षित ढङ्गले राख्न सकेमा लामो समयसम्म पनि यसको चमक रहन्छ । गहनालाई सधैँ नयाँ र सुरक्षित राख्नका लागि हामी केही टिप्सहरूको बारेमा चर्चा गर्दैछौँ । 

    images
    images

    तपाई महङ्गो वा असली सुनचाँदी, हिरा वा मोतीको गहना किन्नु भएको छ भने मलमलको कपडामा पोको पारेर राख्नुहोला ।

    गहनामा कहिल्यै पनि परफ्युम वा स्प्रे नगर्नुहोस् ।

    डाइमन्डको गहना कपास वा स्पोन्जका प्लाष्टिकको बाकसमा राख्नु आवश्यक छैन किनभने अन्य रसायनको सम्र्पकले यो हाम्रो गहना कालो हुनसक्छ ।

    पन्ना असाध्यै नरम र नाजुक पत्थर हो । यसबाट बनेका गहना बसेर लगानुपर्छ ताकि भुईंमा झरेर नफुटोस् ।

    हिरा बाहेक अन्य कुनै पनि गहनालाई साबुन वा पानीले सफा नगर्नुहोस् ।

    गहनामा कुनै दाग वा धब्बा हटाउनको लागि तपाई इरेजरको प्रयोग नगर्नुहोस् ।

    कुनै निश्चित समयको अन्तरालमा गहना सफा गर्नुहोस् । यसो गर्दा गहना सधैँ सफा र चम्किलो हुन्छ । तर याद गर्नुस् सबै गहना वा आभुषण एकै तरिकाबाट भने सफा गर्नुहुदैँन ।

    सुन नाजुक किसिमको धातु हो । यसमा थोरै बल पुग्यो भने पनि टुट्न वा भाच्चिन सक्छ । यसकारण यसलाई सुरक्षित राख्नका लागि किन्ने समयमा नै ज्वेलर्समा सल्ला लिनुपर्छ ।

    खाना बनाउदा, व्यायाम गर्दा होस् वा कुनै पनि घरेलु काम गर्दा कोमल वा नाजुक किसिमको गहना नलगाउनुहोस् । गर्मी वा घाममा हिड्दा पनि महङ्गो गहना नलगाउनुहोस् । घामले गहनाको रंग उड्न सक्छ ।

    गहनालाई जहिल्यै पनि लुगा, मेकअप, लोसन, पर्फ्युम, लगाइसकेपछि मात्रै लगाउनुहोस् । एजेन्सी

    साताको लोकप्रीय