सिभिल बैंकका अध्यक्ष  पाण्डेले लिए शपथ, भने “सम्मानजनक मर्जरको लागि तयार छौँ” 

सिभिल बैंकका अध्यक्ष  पाण्डेले लिए शपथ, भने “सम्मानजनक मर्जरको लागि तयार छौँ” 

अर्थ डबली
सोमवार, मंसिर २० २०७८
अर्थ डबली
सोमवार, मंसिर २० २०७८ (अर्काइभ बाट)
  • सिभिल बैंकका अध्यक्ष  पाण्डेले लिए शपथ, भने “सम्मानजनक मर्जरको लागि तयार छौँ” 

    काठमाडौँ / सिभिल बैंक लिमिटेडको सञ्चालक समितिको नवनियुक्त अध्यक्ष प्रताप जङ्ग पाण्डेले पथ तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । 

    images
    images

    बैंकको ३६२ औं बैठकले नियुक्त गरेका सञ्चालक तथा अध्यक्ष पाण्डेलाई मंसिर २० गते सोमबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ गराएका हुन् । 

    अध्यक्ष पाण्डले बैंकलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनहरूको पालना गर्दै संस्थागत शु–शासनलाई पहिलो प्राथमिकतामा राखि कार्य गर्ने प्रतबद्धता व्यक्त गरे । 

    उनले बैंकले गरिरहेको प्रगतिलाई कायम राख्दै अगामी दिनहरूमा अझ सशक्त रूपमा अगाडि बढाउदै लग्नुका साथै डिजिटाइजेशनमा नेपालको सबल बैंक बन्ने गरी कार्यहरू प्रारम्भ भैसकेको अवस्था रहेको तथा यसलाई थप प्रभावकारी बनाई अगाडि बढनुपर्ने धारणा राखे । 

    Bank civil.JPG

    अध्यक्ष पाण्डेले बैंकका सबै सरोकारवालाहरूको हित हुने गरी सम्मानजनक मर्जरको लागि बैंक सदैव तयार रहेको हुनाले बैंकले अन्य बैंक मर्जर गर्न वा सबै पक्षको हित हुने गरी सम्मानजनक मर्जरको लागि खुला रहेको धारणा समेत राखे । 

     

    साताको लोकप्रीय