कुमारी बैंकले ल्यायो नेपालमै पहिलो पटक फोनलोन ई.एम.आई.मा भुक्तानी गर्न सकिने सुविधा 

कुमारी बैंकले ल्यायो नेपालमै पहिलो पटक फोनलोन ई.एम.आई.मा भुक्तानी गर्न सकिने सुविधा 

अर्थ डबली
सोमवार, मंसिर २० २०७८
अर्थ डबली
सोमवार, मंसिर २० २०७८ (अर्काइभ बाट)
  • कुमारी बैंकले ल्यायो नेपालमै पहिलो पटक फोनलोन ई.एम.आई.मा भुक्तानी गर्न सकिने सुविधा 

    काठमाडौँ / कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकरूको सुविधाको लागि फोनलोन ई.एम.आई.मा भुक्तानी गर्ने सुविधा ल्याएको हो ।

    images
    images

    दैनिक रूपमा आवश्यक भइरहने खर्च व्यवस्थापनमा मद्दत पु-याउने हेतुले गतवर्ष देखि फोनलोन सुविधा सञ्चालनमा ल्याएको बैंकले नेपालमै पहिलो पपटक फोनलोन ई.एम.आई. सुविधा सञ्चालनमा ल्याएको हो । 

    छोटो अवधिको फोनलोन कर्जामा थप सुविधा दिनको लागि बैंकले नेपालमै पहिलो पटक एफ वान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडसँगको सहकार्यमा ई.एम.आई.मा फोनलोन भुक्तानी गर्न सकिने व्यवस्था सञ्चालनमा ल्याएको छ । 

    बैंकले आफ्ना सेवाहरूलाई डिजिटलमैत्री बनाउँदै आफ्ना ग्राहकहरूलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले उक्त फोनलोन इएमई सुविधाा सञ्चालनमा ल्याएको हो। 

    कुमारी बैंकमा विभिन्न तलब खाता भएका ग्राहकहरुले न्यूनतम रु. १ हजार देखि अधिकतम रु. २ लाखसम्म कुमारी स्मार्ट मोबाइल बंैकिङ्गबाट कुनै धितो वा कागजी प्रकृया बिना नै फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । 

    उक्त कर्जा आयश्रोतको आधारमा ग्राहकले १, ३, ६, ९ र १२ महिना मध्ये कुनै एक अवधी छनोट गरी भुक्तानी गर्न सक्नेछन्  ।

    सोही सन्दर्भमा सानातिना व्यक्तिगत आकस्मिक खर्चहरू पूर्ति गर्न कुमारी बैंकमा तलब खाता भएका ग्राहकलाई सहज हुने बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनालले बताए । 

    यसको अतिरिक्त उक्त योजना अन्तर्गत फोनपे नेटवर्कमा आबद्ध विभिन्न मर्चेन्ट आउटलेटमा उपभोग्य वस्तु खरिद गर्दा तथा सेवासुविधा उपभोग गर्दा क्यूआर स्क्यान गरी सो को बाइ नाउ, पे लेटर अवधारणामा किस्ताबन्दीमा भुक्तानी गर्न सकिनेछ । 

    उक्त प्रविधिले क्यूआर भुक्तनीमा नयाँ आयाम थप्ने तथा बिदेशमा जस्तै नेपालमा पनि बिएनपिएल लोकप्रिय हुनसक्ने धारणा एफ वान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवाश शर्माले बताए । 

    आगामी दिनहरूमा फोनेलोअन सुविधालाई अझ बिस्तारित र विकसित गर्दै लगिने बैंकका डिजिटल बैंकिङ प्रमुख अनिष ताम्राकारले जानकारी दिए । 

    आफ्ना देशव्यापी १९६ शाखा–सञ्जाल, १७७ एटिएम, ३६ शाखारहित बैंकिंग इकाई तथा १४ एक्सटेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।  

    साताको लोकप्रीय