अटोमावाइल्सको छाता सङ्गठन भक्तपुर अटोमोवाइल्स एसोसिएसन गठन

अटोमावाइल्सको छाता सङ्गठन भक्तपुर अटोमोवाइल्स एसोसिएसन गठन

अर्थ डबली
सोमवार, मंसिर २० २०७८
अर्थ डबली
सोमवार, मंसिर २० २०७८ (अर्काइभ बाट)
  • अटोमावाइल्सको छाता सङ्गठन भक्तपुर अटोमोवाइल्स एसोसिएसन गठन

    भक्तपुर / भक्तपुरमा रहेका अटोमोबाइल्स व्यवसायीहरूको भेलाले दीपेन्द्र खर्वुजाको अध्यक्षतामा भक्तपुर अटोमोवाइल्स एसोसिएसन गठन गरिएको छ । 

    images
    images

    सात सदस्यीय एसोसिएसनकोे सचिवमा स्वयम्भुरत्न शाक्य, कोषाध्यक्षमा सुरेन्द्रप्रसाद प्रजापति रहेका छन् भने सदस्यहरुमा दीपेश बेजू, राजेश कवां, महेन्द्र दुवाल र रामकृष्ण श्रेष्ठ रहेका छन् ।

    भक्तपुरमा अटोमोवाइल्स सम्वन्धि काम गर्ने सम्पूर्ण व्यवसायीको हकहितको लागि एसोसिएसन गठन गरेको अध्यक्ष खर्वुजाले बताए । 

    अटोमोवाइल्स सम्वन्धि सरोकारवाला सम्पूर्णलाई एसोसिएसनमा एकताबद्ध हुन उनले आह्वान गरे ।

    एसोसिएसनले भावी दिनहरूमा व्यवसायीहरूको हकहितका साथै सामाजिक कामहरू पनि गर्ने योजना रहेको उनले सुनाए । साथै व्यवसायीहरूको लागि सीपमूलक तालिम दिने योजना रहेको पनि उनले बताए । 

    एसोसिएसनले व्यवसायीहरुको हितको लागि मात्रै नभई उपभोक्ताको हितमा पनि विशेष ध्यान दिने जनाइएको छ । “उपभोक्ता हाम्रा देवता हुन्,” अध्यक्ष खर्वुजाले भने, “त्यसकारण उनिहरु नठगिउन् भन्नेमा पनि हामी विशेष ध्यान दिनेछौं ।”

    अटोमोवाइल्ससँंग सम्वन्धित अटोमोबाइल्स शोरुम, अटोमोवाइल्स रिकण्डिशन (एक्सचेन्ज), अटोमोवाल्स पार्ट तथा लुव्रिकेन्टस् विक्री वितरण, मर्मत तथा वर्क सप (अटोमोवाइल्स मर्मत तथा सम्भार)मा काम गर्ने व्यवसायीहरू एसोसिएटमा आवद्ध हुनसक्ने जनाइएको छ ।

    साताको लोकप्रीय