प्रभु बैंक र जेएससि एमएफआइ इन्टेलएक्सप्रेस बीच रेमिट्यान्स सेवा

प्रभु बैंक र जेएससि एमएफआइ इन्टेलएक्सप्रेस बीच रेमिट्यान्स सेवा

अर्थ डबली
मंगलवार, मंसिर २१ २०७८
अर्थ डबली
मंगलवार, मंसिर २१ २०७८ (अर्काइभ बाट)
  • प्रभु बैंक र जेएससि एमएफआइ इन्टेलएक्सप्रेस बीच रेमिट्यान्स सेवा

    प्रभु बैंकले आफ्नो विप्रेशणको दायरा विस्तार गर्ने सिलसिलामा, प्रभु बैंक लिमिटेड र जेएससि एमएफआइ इन्टेलएक्सप्रेस  बिच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता गरेको छ । 

    images
    images


    अर्मेनिया, गेओरनिया, ग्रीस,  साइप्रस, युके, इटली, मोल्डोभा, स्वीजरल्याण्ड, टर्की, युर्केन, उज्बेकिस्थानमा बसोवास गरिरहेका नेपालीहरुले अब जेएससि एमएफआइ इन्टेलएक्सप्रेस मार्र्फत नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई नेपाल भरि रहेका प्रभु बैंकका  विभिन्न शाखा मार्फत सेवा लिन सकिने जनाएको छ ।


    बैंकका २१५ वटा शाखाहरु तथा प्रभु रेमिट्यान्सका १६,००० भन्दा बढि एजेन्टहरुबाट सहजै भुक्तानी पाउन सक्नुहुनेछ साथै यो सेवा प्रभु बैंकको खातामा मात्रै सिमित नभई देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाईएको छ ।


    यस सम्झौताले बिशेष गरि विदेशमा रहेका नेपालीहरुले गुणस्तरिय रेमिट्यान्स तथा बैंकीङ्ग सेवा प्राप्त गर्नुहुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।


    हाल बैंकले देशभर २१५ वटा शाखा कार्यालयहरु, ५८ भन्दा बढी एक्टेन्शन काउन्टर र १८९ वटा एटिएमबाट १५,००,००० भन्दा बढी ग्राहकहरुलाई सेवा दिईरहेको छ ।

    साताको लोकप्रीय