वेस्टर्न् युनियनको क्यासउत्सवको बम्पर विजेता घोषणा, मस्तकलाले जितिन् नगद रु. ५ लाख

वेस्टर्न् युनियनको क्यासउत्सवको बम्पर विजेता घोषणा, मस्तकलाले जितिन् नगद रु. ५ लाख

अर्थ डबली
मंगलवार, मंसिर २१ २०७८
अर्थ डबली
मंगलवार, मंसिर २१ २०७८ (अर्काइभ बाट)
  • वेस्टर्न् युनियनको क्यासउत्सवको बम्पर विजेता घोषणा, मस्तकलाले जितिन् नगद रु. ५ लाख

    काठमाडौं/ अन्तरदेशीय सीमा र अन्तरदेशीय मुद्रा कारोबार र भुक्तानीमा अग्रणी विनिमय कम्पनी वेस्टर्न् युनियनले दशैँ, तिहार र छठ लक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ । 

    images
    images
    images

    मंसिर १० गते शुक्रबार आयोजित कार्यक्रममा लक्की ड्र मार्फत मस्तकला नेपाली बि.क.विजेता घोषित भएकि हुन् । 

    उनले वेस्टर्न् युनियनको नेपालमा रहेका ७ वटा मुख्य एजेन्ट मध्य नबिल बैँकको सब–एजेन्ट मुक्तिनाथ विकास बैँकबाट कारोबार गरेकि थिइन् । 

    उनलाई नबिल बैंकको गण्डकी प्रदेश प्रमुख सुर्य बहादुर रोका र मुक्तिनाथ विकास बैंकको गण्डकी प्रदेश प्रमुख शंकर के.सि.ज्युले संयुक्त रुपमा रु. ५ लाखको चेक हस्तान्तरण गरेका थिए ।

    दशैँ, तिहार र छठलाई लक्षित गरी यो योजना असोज १ देखि कार्तिक २५ सम्म लागु गरिएको थियो । यस योजनामा ८ हप्तासम्म हरेक हप्ता ५ भाग्यशाली विजेताहरुले रु २०,००० पनि जितिसकेका छन् ।

    नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट– ए.टि.टि रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिट वा यिनका सब– एजेन्टमार्फत रकम प्राप्त गरेका नेपाली ग्राहकलाई यो योजनामा सहभागी गराइएको थियो ।

    वेस्टर्न् युनियनका दक्षिण एसिया प्रमुख एस् एस् रमानाथन भने, “यो क्यासउत्सव योजनामा विजेता बन्न सफल सम्पूर्ण ४१ जना भाग्यशाली विजेताहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु । 
    विदेशमा दुःख गरेर कमाएको पैसा नेपालमा आफ्नो परिवारलाई पठाउनको लागि वेस्टर्न् युनियनलाई भरोसा र विश्वास गरिदिनुहुने सम्पूर्ण नेपालीप्रति म आभारी छु । 

    तपाईंहरुको यो साथ र विश्वासले हामीलाई भविष्यमा अझै राम्रो सेवा प्रदान गर्न प्रोत्साहित गरेको छ ।”

    साताको लोकप्रीय