कमजोर बन्दै नेपाली पैसा, अमेरिकी डलरदेखि कतारी रियालसम्म महङ्गियो 

कमजोर बन्दै नेपाली पैसा, अमेरिकी डलरदेखि कतारी रियालसम्म महङ्गियो 

अर्थ डबली
बुधवार, मंसिर २२ २०७८
अर्थ डबली
बुधवार, मंसिर २२ २०७८ (अर्काइभ बाट)
  • कमजोर बन्दै नेपाली पैसा, अमेरिकी डलरदेखि कतारी रियालसम्म महङ्गियो 

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमयदरअनुसार आज बुधबार अमेरिकी डलरदेखि कतारीर रियालसम्म बलियो बनेको छ । विदेशी मुद्रा महङ्गिएसँगै नेपाली पैसा भने कमजोर बनेको छ । 

    images
    images

    मंगलबार एकको खरिदमूल्य १२० रुपैयाँ ३८ पैसा र बिक्रीमूल्य १२० रुपैयाँ ९८ पैसा रहेको अमेरिकी डलर आज एकको खरिदमा १२० रुपैयाँ ४१ पैसा र बिक्रीमा १२१ रुपैयाँ ०१ पैसा पुगेको छ । 

    यसैगरी युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ४२ पैसा रहेको छ । बुधबार युरोपियन युरो एकको खरिदमूल्य १३५ रुपैयाँ ७५ पैसा र बिक्रीमूल्य १३६ रुपैयाँ ४२ पैसा रहेको थियो । 


    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८४ रुपैयाँ ६० पैसा र बिक्रीमूल्य ८५ रुपैयाँ ०२ पैसा रहेकोमा आज एकको खरिददर ८५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८५ रुपैयाँ ८७ पैसा रहेको छ । 

    मंगलबार एकको खरिदमा ३३ रुपैयाँ ०६ पैसा र बिक्रीमा ३३ रुपैयाँ २३ पैसा रहेको कतारी रियाल आज एकको खरिदमा ३३ रुपैयाँ ०७ पैसा र बिक्रीमा ३३ रुपैयाँ २४ पैसा रहेको छ । कतारी रियालको भाउ भने आज सामान्य मात्रै बढेको हो । 
    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    साताको लोकप्रीय